site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३००० को विन्दु पछ्याउँदै नेप्से
Ghorahi CementGhorahi Cement

काठमाडौं । अघिल्लो दिन सामान्य करेक्सन आएको सेयर बजारमा मंगलबार भने उच्छल आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुको ऐतिहासिक रेकर्ड बनायो । नेप्से १.८४ प्रतिशतले बढ्यो ।

दैनिकजसो नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेले पहिलोपटक २९६० अंक पार गर्दै तीन हजारको विन्दुलाई पच्छ्याएको छ ।

Agni Group

आइतबार २९०६.९१ अंकमा पुगेर बन्द हुँदा हिजो सोमबार भने ०.२१ अंकको सामान्य करेक्सन आएको थियो ।

यसदिन जीवन बीमा, निर्जीवन बिमा र विकास बैंक उपसमूहमा उच्च वृद्धि आयो । जीबन बिमा सबैभन्दा उच्च ६६८ अंकले बढ्यो भने निर्जीवन बिमामा पनि ५५४ अंकको वृद्धि आयो । यस्तै, विकास बैंक उपसमूह ३९८ अंकले बढ्दा वित्त समूहमा पनि १८५ अंकले बढ्यो ।

Global Ime bank

यसदिन सातवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो भने २९ कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढी बढ्यो ।

यसदिन कारोबार पनि उच्च नै रह्यो । २१८ कम्पनीको ३ करोड ५७ लाख कित्ता सेयर १६ अर्ब ९५ करोड १३ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC