site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
'औद्योगिक पूर्वाधारको आधार लघु, घरेलु तथा साना उद्योग'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरूले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२ औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित वेभिनारमा लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनबाट मात्रै अर्थतन्त्र बलियो र समृद्घ बन्ने उनीहरूले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति लिएको बताए । लघु, साना तथा घरेलु उद्योगहरूको विकास, प्रवद्र्घन, सम्वद्र्घनका सन्दर्भमा सरकारले लिने नीति र कार्यक्रमका सन्दर्भमा महासंघका पदाधिकारीहरूको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

आगामी दिनमा पनि उद्योगी व्यवसायीहरूका महत्वपूर्ण सुझावहरूलाई महत्वका साथ लिने भन्दै उनले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय ल्याइएको बताए ।

गत वर्षदेखि कोभिड महामारी शुरु भएयता यस्ता उद्योगको महत्व झनै बढेको भन्दै उनले भने, घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारीत भएको, हामीले आफैले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दीगोपना छ भन्ने बुझेका छौं ।’

Global Ime bank

महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स–साना उद्योगहरूको प्रवद्र्घनबाट शुरु भएको बताए र्।  खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हेर्‍यौं भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरूलाई ठूला उद्योगहरूसँग जोडेर आज सफल भएका हुन’ उनले भने ।

नेपाल अल्पविकशित राष्ट्रका रुपमा रुपान्तरित हुँदै गरेको अवस्थामा देशले केही मापदण्ड पुरा गरेको ं तर आर्थिक हैसियत र पूर्वाधार विकास गर्‍यौं कि गरेनौं बुझ्न जरुरी भएको उनले बताए । अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रुपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागु गरिएको तर लक्षित वर्गले सहजै प्राप्त गर्न नसकेको उनले बताए र्।  हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये दुई चार सय भन्दा बढीले यो सुविधा प्राप्त गर्न सक्नुभएन । त्यसैगरी युवा उद्यमीको हकमा खासगरी शैक्षिक बेरोजगारलाई उद्यमी बनाउने सन्दर्भमा विशिष्ट जातिगत पहिचानसहित आफ्ना उद्यम प्रवर्द्धन गर्ने सन्दर्भमा र अन्य लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्घन गर्न अघिल्लो बजेटले व्यवस्था गर्दागर्दै पनि कतिपय कार्यान्वयन हुन सकेन ।’

महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC