site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पूर्वउपराष्ट्रपति पेन्स– संसद् हमलाबारे ट्रम्प र म कहिल्यै आँखा मिलाएर हेर्न सक्नेछैनौँ
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकाका पूर्वउपराष्ट्रपति माइक पेन्सले बिहीबार एक कार्यक्रममा बोल्दै डोनाल्ड ट्रम्प र आफूबीच गत जनवरी ६ मा भएको संसद हमलाबारे एकदमै फरक धारणा रहेको स्वीकार गरेका छन् । 

उनका अनुसार ह्वाइटहाउस छाडिसकेपछि पनि ट्रम्प र उनले धेरैपटक फोनमा कुरा गरे र उनलाई अझैपनि आफ्ना उपलब्धीहरुप्रति गर्व छ । तर यससँगै उनले अर्को आश्चर्यजनक खुलासा गर्दै भनेका हुन्, “हामी सायदै कहिल्यै त्यो घटना सम्बन्धी आँखामा आँखा जुधाएर एकअर्कालाई हेर्न सक्छौँ होला ।”

Prabhu Bank
Agni Group
NIC Asia

६ जनवरीमा भएको अमेरिकी संसद हमलाको घटनामा विद्रोहीहरुले ‘पेन्सलाई झुन्ड्याउनुपर्छ’ भन्ने नारा पनि लगाएका थिए । 

उनले राष्ट्रपति निर्वाचनमा जो बाइडेनको जितलाई उल्ट्याउन नसकेपछि ट्रम्प समर्थकहरु पेन्सका विरुद्धमा उत्रिएका थिए । 

Global Ime bank

त्यस समय ट्रम्प चाहिँ ह्वाइटहाउसमा बसेर चुपचाप तमाशा हेरिरहेका थिए र यो घटना पश्चात् ट्रम्प र पेन्सबीच केही दिनसम्म बोलचाल बन्द भएको पनि खबर गरिएको थियो । बाइडेनको शपथ ग्रहण कार्यक्रममा पेन्सले उपस्थिति जनाउँदा ट्रम्प चाहिँ फ्लोरिडा गइसकेका थिए जसले दुवै आ–आफ्नो बाटो लागेको प्रष्ट पारेको थियो । 

यसरी पेन्सको यो भनाइलाई आश्चर्यजनक मानिएको छ किनकी ४ वर्षसम्म उनले विभिन्न काण्ड, महाअभियोगका मुद्दा, गम्भीर विवाद र अपराधिक अनुसन्धानका वावजुद ट्रम्पका साथमा उभिएर इमान्दारीपूर्वक सधैँ उनको समर्थन गरिरहेका थिए । तर संसद हमलाबारे आफूहरुबीच मतभेद भएपनि पेन्सले आफ्नो भाषणमा ट्रम्पको प्रशंसा नै गरेका हुन् । 

यता ट्रम्पले चाहिँ चुनावमा बाइडेनको जित सुनिश्चित गराएकामा अझैसम्म पनि पेन्सको आलोचना गर्ने गरेको पाइन्छ । २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा पेन्सले पनि उमेदवारी दिने प्रबल सम्भावना रहेको छ । गार्जियन 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC