site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
७० वटा दुर्लभ बाघ मार्ने शिकारी २० वर्षपछि पक्राउ 
Sarbottam CementSarbottam Cement

बीबीसी । ७० वटा दुर्लभ बाघ मार्ने शिकारीलाई बांग्लादेशमा २० वर्षको खोजी पश्चात् पक्राउ गरिएको छ । 

हबिब तलुक्दरलाई ‘टाइगर हबिब’ भनेर चिनिने गरिन्थ्यो जो अन्ततः खुफीया जानकारी मार्फत पत्ता लागि पक्राउ परेको प्रहरीले जनाएको छ । उनले भारत र बांग्लादेशबीचको सिमानास्थित सुन्दरवन क्षेत्रमा शिकार गर्ने गर्दथे जहाँ ‘बेंगाल टाइगर’ प्रजातिका बाघको विश्वकै ठूलो जनसङ्ख्या बसोबास गर्दछ । अहिले भने यस प्रजातिका केही हजार बाघ मात्र जङ्गलमा पाइन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कालोबजारी गर्नेहरुले यसका छाला, हड्डी र मासु समेत विश्वव्यापी रुपमा विक्री गर्ने गरेका छन् । प्रहरी प्रमुख साइदुर रेहमानले ढाका ट्रिब्युन मिडियासँग बोल्दै भने, “उनी लामो समयदेखि लुक्दै भाग्दै गरिरहेका थिए ।”

५० वर्षीय हबिबले आफ्नो करिअरको सुरुवातमा जङ्गलमा मौरीबाट मह संकलन गर्ने  गर्दथे । मह शिकारी अब्दुज सलामले एएफपी न्युज एजेन्सीसँग बताए अनुसार स्थानीय वासीहरुले हबिबलाई सम्मान गरे बराबर उनीसँग डराउने पनि गर्दथे । 

Global Ime bank

उनले थप भने, “उनी गोप्य रुपमा सुन्दरवन प्रवेश गरि जंगली जीवजन्तुहरुको शिकार गर्दथे । वन भित्र पस्न लामो समय अगाडि नै प्रतिबन्ध लगाइएको भएपनि उनी त्यहाँ जान्थे । उनी विरुद्ध थुप्रै मुद्दा दायर भइसकेको छ तर उनले यस्ता अपराधिक गतिविधि छाडेनन् । र केही शक्तिशाली ‘ग्याङ’ हरु पनि यसमा संलग्न रहेका छन् । ”
     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC