site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डेनमार्कले मर्केलसहित युरोपेली नेताहरुको जासुसी गर्न अमेरिकाको मद्दत गरेको आरोप
Sarbottam CementSarbottam Cement

बीबीसी । डेनमार्कको गोप्य सेवाले जर्मनीकी चान्सलर एन्जेला मर्केलसहित अन्य थुप्रै युरोपेली नेताहरुमाथि जासुसी गर्न अमेरिकालाई मद्दत दिलाएको खुलासा भएको छ । डेनिश मिडियाको रिपोर्ट अनुसार २०१२ देखि १४ का बीच अमेरिकाको ‘डिफेन्स इन्टेलिजेन्स सर्भिस’ (एफइ) र ‘नेस्नल सेक्युरिटी एजेन्सी’ (एनएसए) मिलेर डेनिश इन्टरनेट केबलमार्फत गोप्य जानकारीहरु संकलन गरेका थिए । 

यसमा एफइसँग मिलेर एनएसएले थुप्रै वरिष्ठ नेताहरुको फोनका म्यासेज र कुरकानीहरु अवैध रुपमा संकलन गरेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले जर्मनी, फ्रान्स, स्वीडेन र नर्वेबाट विभिन्न राजनीतिज्ञहरुबारे खुफीया जानकारी हासिल गरेको बताइएको छ । यस किसिमको आरोप २०१३ मा पनि लगाइएको थियो । त्यतिबेला, अमेरिकाबाट हाल देशनिकाला गरिएका गोप्य खबरकर्ता एडवर्ड स्नोडेनले एनएसएले जर्मनीकी चान्सलर मर्केलको मोबाइल फोन रेकर्ड गरेको आरोप लगाएका थिए । सो आरोपलाई ह्वाइटहाउसले तुरुन्तै नकारेको थिएन तर मर्केलको फोनमाथि अहिले कसैले कुनै ‘बग’ प्रयोग नगरेको र भविष्यमा पनि नगर्ने जनाएको थियो । 

जर्मनी अमेरिकाको नजिकको मित्रराष्ट्र मानिन्छ । यस्तोमा मर्केलका प्रवक्ता र जर्मनीका राष्ट्रपति फ्रांक वाल्टर दुवैले यसमा डेनमार्कको संलग्नता रहेकाबारे यसअघि केही खबर नभएको बताएका हुन् । 

Global Ime bank

डेनिश पब्लिक प्रशारक, डीआरले नौ जना त्यस्ता श्रोतहरुसँग अन्र्तवार्ता लिएको छ जसले आफूहरुसँग एफइले प्राप्त गरेका खुफीया जानकारीको पहुँच भएको दाबी गरेका छन् । मार्केलसहित जर्मनीका तत्कालीन विदेश मन्त्री फ्रांक वाल्टर, त्यस समयका विपक्षी नेता पिर स्टिनब्रुकलाई पनि यसमा लक्षित गरिएको बताइएको छ । स्टिनब्रुकले जर्मन मिडियासँग भनेका हुन्, “राजनीतिक हिसाबमा यो एउटा ठूलो काण्ड हो ।” 

यता, डेनमार्कका रक्षा मन्त्री ट्राइन ब्रामसनले डीआरसँग बोल्दै प्रणालीगत रुपमा मित्रहरुको फोन रेकर्ड गर्नु अस्वीकार्य भएको बताएका छन् ।  

तर, एनएसए र एफइ दुवैले अहिलेसम्म यस रिपोर्टबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC