site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अबदेखि चीनमा एक दम्पत्तीले तीन बच्चासम्म जन्माउन सक्ने
Sarbottam CementSarbottam Cement

बेइजिङ । घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउनसक्ने नीति सार्वजनिक गरेको छ ।

चीनले दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको हो । यो नीतिलाई सोमबार बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी चिन्फिङले स्वीकृत गर्नुभएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस महिना जारी गरिएको एक दशकपछिको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मेका देखाएको थियो जुन सन् २०१६ को (एक करोड ८० लाख) भन्दा कम हो । यो जन्मदर चीनले खाद्यान्न अभावको अधिक सङ्कट व्यहोरेको सन् २०६१ पछिको सबैभन्दा कम जन्मदर हो । 

सन् २०२० को जनगणनाले चिनियाँहरूको बच्चा जन्माउन सक्ने प्रजनन् दरमा देखिएको ह्रासपछि चीन प्रशासनले तीन बच्चा नीतिलाई अघि सारेको हो । सो जनगणनाको नतिजाले चीन सरकारलाई जनसङ्ख्या घट्नबाट जोगाउन दम्पतीहरूलाई बढी बच्चा जन्माउन प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउन दबाब दिएको थियो ।

Global Ime bank

चीनको सातौँ राष्ट्रिय जनगणना अनुसार चीनको जनसङ्ख्या विगत १० वर्षमा ५.३८ प्रतिशतले वृद्धि भएको देखाएको छ । सन् २०१७ मा जनसङ्ख्या वृद्धिमा टेवा पुर्‍याउन चीनले एक बच्चा–नीतिलाई सहज पार्दै एकै दम्पत्तीले चाहेमा दुई सन्तान जन्माउन सक्ने ब्यवस्था गरेको थियो । यसबाट पनि चिनियाँ जनसङ्ख्या समस्यालाई सम्बोधन गर्न नसकिएपछि सरकारले पछिल्लो निर्णय सार्वजनिक गरेको हो ।

चीनमा सन् १९८० देखि सन् २०१५ सम्म एक जोडीले एक बच्चामात्रै जन्माउन पाउने नीति थियो र सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने व्यवस्था गरिएको थियो । सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC