site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनको ‘कृत्रिम सूर्य’ ले बनायो नयाँ विश्व रेकर्ड !
Ghorahi CementGhorahi Cement

बेइजिङ । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् । 

यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो ।

यो उपलब्धीबारे इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका खोजकर्ता गोङ शिआनजुले घोषणा गरेका छन् जो यसको अनुसन्धान सञ्चालनका नेतृत्वकर्ता हुन् । ‘एक्सपेरिमेन्टल अड्भान्स्ड सुपरकन्डक्टिङ तोकामाक’, इस्ट नामक सो उपकरणले १२० सेकेन्ड सम्म १२ करोड डिग्री सेल्सियस र २० सेकेन्डका लागि १६ करोड डिग्री सेल्सियस तापमान उत्पन्न गराउन सफल भएको बताइएको छ । 

Agni Group

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस क्रित्रिम सूर्य अर्थात् न्युक्लियर रियाक्टरले २०१८ को नोभेम्बरमा १० करोड डिग्री सम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरेको थियो । त्यो भनेको सूर्यको तापमान भन्दा ७ गुणा धेरै हो । न्युक्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास अन्तर्गत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए ।

यो उपकरण चीनको पूर्वतर्फ रहेको आनह्वी प्रान्तको हिफेइ शहरमा रहेको छ । यसको लक्ष्य भनेको ‘ड्युटेरियम’ हाइड्रोजन तत्वको प्रयोग गरि सूर्य जसरी न्युक्लियर फ्युजनमार्फत सफा ऊर्जा उत्पादन गराउनु हो । 

Global Ime bank

यसमा एक लिटर समुद्री पानीमा हुने ड्युटेरियमले फ्युजन रियाक्सन मार्फत, ३०० लिटर इन्धन बराबर ऊर्जा उत्पादन गर्न सक्ने बताइएको छ । 

यस सम्बन्धी अध्ययन अनुसन्धान लामो समय अगाडि नै सुरु भएको हो जसमा ३०० वैज्ञानिक र इन्जिनियरहरु तैनाथ गराइएको छ । यस उपकरणमा भ्याकुम सिस्टम, आरएफ वेभ सिस्टम, लेजर सिस्टम अनि माइक्रोवेभ सिस्टम समावेश रहेको छ । 

फिजिक्स र इन्जिनियरिङको क्षेत्रमा यो चीनको अत्यन्तै ठूलो उपलब्धी भएको बताइएको छ । 

कोइला, तेल, प्राकृतिक ग्यास जस्ता पदार्थहरु माँसिदै जाने र कुनैदिन सकिने खतरामा छन् भने तिनले वातावरणलाई पनि उत्तिकै हानि पुर्याइरहेका छन् । यसरी विद्युतको बढ्दो मागसँगै वातावरणमा परिरहेको लगातार असरका कारण विज्ञहरु ऊर्जा उपभोगबारे ठूलो द्विविधामा छन् । त्यसैले पनि चीनले यस फ्युजन परियोजनामा लगातार काम गरिरहेको छ जसले वायुमण्डललाई हानि पुर्याउने किसिमका कुनैपनि ग्यास उत्पादन नगरि स्वच्छ ऊर्जा निकाल्न सक्छ । यस कृत्रिम सूर्यका लागि आवश्यक कच्चा पदार्थ भने पृथ्वीमा असिमित रहेकाले पनि चीनले फ्युजन ऊर्जालाई नै सबैभन्दा प्रभावशाली ऊर्जा मानेर यस मार्फत देशलाई कार्बनमुक्त गराउन मद्दत पुग्ने अपेक्षा गरिरहेको छ । 

तर फ्युजन ऊर्जाका लागि फिजिक्सका साथै अत्यन्तै सक्षम वैज्ञानिक रिसर्च टोली अनि ठूल्ठुला आनुसन्धानात्मक उपकरणहरुको पनि आवश्यकता पर्दछ । 

इस्टका उपनिर्देशक सङ युनताआले बताए अनुसार यो उपकरण नियन्त्रण गर्न सहज छ र कुनैपनि समय पावर सप्लाइ बन्द गर्दा यन्त्रले पूर्ण रुपमा काम गर्न बन्द गर्ने हुँदा परमाणु विस्फोटन वा अन्य भयानक दुर्घटना हुने खतरा हुँदैन । तर यसका धेरै फाइदा भएपनि प्राविधिक आवश्यक्ता पूरा गर्नु यसको सबैभन्दा ठूलो चुनौति रहेको बताइएको छ । सिजिटिएनबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC