site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको बताइएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरुको मृत्यु भएको हो ।

उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमिटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको र अरु केही अस्पताल भर्ना भएका जनाएका छन् । अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए ।

सो रक्सी सेवनबाट बिरामी भएका उनीहरुको शुक्रबार साँझ ज्यान गएको हो । यहाँका स्थानीयहरुले शुक्रबार अपराह्नबाट मानिस निकै बिरामी परेका र साँझदेखि मर्न थालेका बताएका छन् ।

Global Ime bank

यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँचवटा रक्सी पसल ‘सिल’ गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै, ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC