site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समयानुसार शुक्रबार प्रस्ताव गरेका छन् । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।

कोभिड–१९ महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पुर्‍याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाएका थिए ।

बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने’ दाबी डेमोर्क्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति बनेका बाइडेनले दाबी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्प प्रशासनले कोभिड–१९ नियन्त्रणमा देखाएको बेवास्ता र बाइडेनको जनमुखी कार्यक्रमले उनलाई प्रशंसा मिलेको छ । यो वर्षको अनुमानित घाटा ३.७ ट्रिलियन पुग्ने बजेटमा बताइएको छ भने अर्को बर्ष यो घाटा १.८ ट्रिलियनमा झर्ने उल्लेख गरिएको छ । यो महामारीभन्दा पहिलेको अवस्थाभन्दा झन्डै दोब्बर हो । 

कोभिड–१९ महामारीलक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ । त्यसैले सरकारले आफ्नो खर्चको प्रतिडलरमा ५० सेन्ट उधारो लिनुपर्नेछ ।

Global Ime bank

बजेट घाटालाई रोक्न असफल भएपछि बाइडेनले व्यवसाय र उच्च कमाई भएका व्यक्तिहरूमा प्रस्तावित कर वृद्धि गर्ने योजना प्रयोग गरेका छन्, जसले विश्वभरका पूर्वप्राथमिक र बाल हेरचाहको लागि ठूलो अनुदान र स्वास्थ्य क्षेत्रलगायत क्षेत्रमा दिइने ‘ग्यारेन्टेड’ भुक्तानी बिदाजस्ता नयाँ–नयाँ सामाजिक कार्यक्रमहरूलाई मजबुत पार्न सहयोग दिने अपेक्षा गरिएको छ ।

बाइडेनले आफ्नो बजेटबारे भने, “हाम्रो अर्थतन्त्रको विकास गर्ने सबभन्दा राम्रो तरिका माथिबाट तल हो । तर, तलबाट माथि हैन । हाम्रो समृद्धि ती मानिसहरूबाट आउँदछ, जो दिनहुँ सबैरै उठ्छन्, कडा परिश्रम गर्छन्, आफ्नो परिवार बढाउँछन्, कर तिर्छन्, राष्ट्रको सेवा गर्छन् र तिनीहरूको समुदायमा स्वयंसेवा गर्छन् ।”

बजेटमा ८०० अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ ऊर्जामा लगानी गर्नका लागि छुट्ट्याइएको छ भने २०० अर्ब तीन–चार वर्षका पूर्वप्राथमिक विद्यालयमा जाने उमेरका बालबालिकालाई निःशुल्क विद्यालयको व्यवस्था गर्न र १०९ अर्ब डलर सम्पूर्ण अमेरिकीको दुईवर्षे निःशुल्क सामुदायिक कलेज खर्च र २२५ अर्ब डलर परिवार भत्ता र चिकित्सकीय बिदामा खर्चिने बताइएको छ ।

बाइडेनले ११५ अर्ब डलर सडक र पुल निर्माणका साथै १६० अर्ब डलर सार्वजनिक यातायात र रेल सेवा सुधारका लागि छुट्ट्याइएका छन् भने एक खर्ब डलर ब्रोडब्यान्ड इन्टरनेट पहुँचमा सुधारका लागि खर्चिने बताइएको छ ।

बजेट कार्यान्वयनका लागि अमेरिकी संसद् कंग्रेसबाट पारित हुनुपर्छ । रिपब्लिकन पार्टीका सिनेटर लिड्से ग्राहमले योजनालाई अनावश्यक रूपमा महँगो भनेर आलोचना गरेका छन् । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC