site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनद्वारा श्रीलङ्कालाई पाँच लाख डाेज खोप सहयोग
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

बेङजिङ । चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरुद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ । पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन ।

बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो । यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो । 

Agni Group

अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर नपठाउन गरेको आदेशसँगै अहिले भारतले अन्य देशलाई पठाउने भनेको खोप आपूर्तिलाई रोकेको छ । श्रीलङ्का सरकारले चिनियाँ साइनोफार्मबाट एक करोड ४० लाख मात्रा खोप लिने निर्णय गरेको छ ।

श्रीलङ्कामा अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने सङ्क्रमितमध्ये एक हजार २९८ जनाको मृत्यु भएको छ । श्रीलङ्कामा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ७८२ रहेको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC