site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विमानमै विहे गर्न खोज्दा जोडी परे संकटमा
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतमा एक जोडीले कोरोना महामारीका समयमा आफ्नो विशेष दिनलाई उत्साहजनक बनाउन नयाँ उपाय लगाउँदा संकटमा परेका छन् । एयरलाइन्सलाई खबर नगरि अचानक विमान भित्रै विवाह गर्ने निर्णयपछि उनीहरुमाथि कारबाही हुने भएको हो ।  

साउदवेस्ट न्युज सर्भिस एसडब्लूएनएसको रिपोर्ट अनुसार राकेश र दक्सिनाले वैवाहिक समारोहका लागि स्पाइस जेट प्लेनमा टिकट बुक गरेका थिए । यसमा उनीहरुले मदुराइ भारतबाट उडान भरेका हुन् र उडानमा क्रममा गर्ने भनिएको समारोह हेर्न आफ्ना साथीभाइ र परिवारजनलाई पनि निम्ता गरेका हुन् । 

Agni Group

खबरका अनुसार यो जोडीले आफूसँग विमानमा १६० अतिथि ल्याएका थिए । र यसबारेमा एयरलाइन्सलाई कुनै पूर्व जानकारी नदिएिको बताइएको छ ।

यसरी पछि मात्र एयरलाइन्सले यसबारेमा थाहा पाएका हुन् र कोभिडको नियम तोडिएको जानकारी दिएका छन् । सो विमान मदुराइ मिनाक्सी अमन मन्दिरतर्फ उडेको थियो जहाँ यो जोडीले विवाह गर्ने योजना बनाएका थिए । 

Global Ime bank

यस्तोमा एयरलाइन्सले उनीहरुविरुद्ध नियम अनुरुप पेनाल्टी जारी गर्ने बताएको छ । बारम्बार अनुरोध गर्दा पनि अतिथिहरुले कोभिड सम्बन्धी मापदण्डहरु नअपनाएको विमानका कर्मचारीले बताएका हुन् । फक्स न्युज

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC