site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोभिड नियन्त्रणमा विश्वकै अब्बल मानिएका सिंगापुर र ताइवानमा किन बढ्दैछ संक्रमण ?
Sarbottam CementSarbottam Cement

बीबीसी । समयमै प्रभावकारी कदम उठाएर भाइरसलाई नियन्त्रण गरि महामारीको क्षति कम गर्नमा विश्वकै अब्बल मानिएका सिंगापुर र ताइवानमा अचानक यो महिना संक्रमण सङ्ख्या आक्रामक रुपमा वृद्धि भइरहेको छ । बाँकी विश्वमा कोरोनाले तिव्र आर्थिक एवम् मानव क्षति पुर्याइरहँदा गत वर्ष यी देशहरुमा शून्य या सिङ्गो अंकको संक्रमण थियो । 

सिंगापूरमा गत हप्ता अचानक २४८ नयाँ संक्रमित फेला परेका हुन् भने ताइवानमा पनि १२,०० स्थानीय संक्रमित भेटिएको छ ।

दुवैले अत्यन्तै कडा रुपमा कोरोनाका मापदण्डहरु अपनाउँदै आएका छन्, सामाजिक भेला सीमित गरेका छन् भने स्कुलसमेत बन्द गराएका हुन् । विश्वव्यापी रुपमा तुलना गर्दा यो सङ्ख्या एकदम कम लाग्न सक्छ तर यी दुवै ठाउँमा केही महिना अघिसम्म संक्रमण त्यति पुग्ने अवस्था कल्पना पनि गर्न सकिँदैनथ्यो । उनीहरु महामारीबाट त्यो स्तरमा पन्छिसकेका थिए । उसो भए यिनीहरुबाट के गल्ती भयो त ?

Prabhu Bank
Agni Group
NIC Asia

आवश्यकताभन्दा बढी नै आत्मविश्वासी भएर चुक्यो ताइवान

चीनमा कोरोना भाइरस देखा पर्नासाथै सिमाना बन्द गर्ने ताइवान विश्वकै पहिलो सरकार थियो । तर बिस्तारै त्यहाँका जनता र सरकार आफूप्रति आवश्यकता भन्दा धेरै नै विश्वस्त हुन थाले । 

Global Ime bank

अस्पतालहरुले ज्वरो आएकाहरुलाई समेत सक्रिय भएर कोभिड परीक्षण गर्न छाडेको नेशनल ताइवान युनिभर्सिटीकी प्रोफेसर लिन सिअन हो बताउँछिन् ।

अनलाइन प्रकाशन, आवर वल्ड इन डाटाका अनुसार ताइवानले फेब्रुअरीको मध्यतिर प्रति एक हजार व्यक्तिमा केबल ०.५७ प्रतिशत भाइरस परीक्षण सञ्चालन गरिरहेको थियो । त्यही समय यसको अन्य देशससँग तुलना गर्ने हो भने सिंगापूरले ६.६१ को दरमा कोरोना परीक्षण गरिरहेको थियो । 

डाक्टर लिनले बीबीसीसँग भनेकी छन्, “यहाँका मानिसहरुमा यस्तो सोचाइ व्याप्त भइसकेको थियो कि लक्षण देखा परिरहेकाहरुमा समेत कोभिड–१९ को सम्भावना शून्य छ ।” 

ताइवानको कठोर सिमाना कानुनलाई तोडेर भाइरस समुदायमा पस्नै नसक्ने सबैको विस्वास थियो । यता डाक्टरहरुले पनि यसलाई गम्भीरतापूर्वक लिन छाडेको, अस्पतालहरु सर्तक भएर नबसेको र कन्ट्याक ट्रेसिङको काम पनि सुस्त बनेको उनी बताउँछिन् । 

यस किसिमको लापरबाही विशेषगरी त्यसबेला सबैको केन्द्रमा आयो जब ताइवानले खोप नलगाएका एयरलाइन पाइलटहरुमा १४ दिने अनिवार्य क्वारेन्टिनको नियम समेत खुकुलो बनायो । र पहिले पाँच अनि पछि तीन दिनसम्म मात्र आइसोलेसनमा बस्नुपर्ने नीति ल्यायो । यसको केही समयपछि नै चिनियाँ एयरलाइन्ससँग सम्बन्धित केही समुहमा संक्रमितहरु फेला परेका हुन् । सो समुहमा केही बेलायती भेरियेन्टबाट संक्रमित भएको पनि पत्ता लाग्यो । यसरी बिस्तारै भाइरस समुदायमा फैलियो र चिया पसलबाट मनोरञ्जनका स्थलसम्म पुग्यो । 

डाक्टर लिन भन्छिन्, “यहाँ मानिसहरु बन्द कोठा भित्र गीत गाउने, पिउने, भीडभाड गर्ने सबै गरिरहेका थिए । एउटा होटल मात्र होइन त्यस सकडका धेरै रेस्टुरेन्टमा यस्तो भइरहेको थियो । जुन पछि गएर अत्याधिक धेरै संक्रमण फैलाउने स्रोत बन्न पुग्यो ।”

ताइवानकी पूर्वउपराष्ट्रपति एवम् एपिडेमिओलोजिस्ट, प्रोफेसर छेनका अनुसार त्यसरी कोरोना पोजेटिभ भएका मानिसहरुले आफूहरु ती ठाउँमा गएको स्वीकार नगर्नुले कन्ट्याक्ट ट्रेसिङलाई झन कठिन बनाइदिएको हो । 

उनी भन्छन्, “यसले के याद दिलाउँछ भने समुदायको सानो हिस्साले नियम तोड्दा पनि त्यसले धेरै ठूलो परिणाम उत्पन्न गराउन सक्छ ।” 

नेशनल युनिभर्सिटी अफ सिंगापुरका प्रोफेसर एलेक्स कुकका अनुसार ताइवानको हालको स्थितिले के प्रमाणित गर्छ भनेझैँ सिमाना नियन्त्रणमा मात्र बढी ख्याल राख्ने र देशभित्र चाहिँ संक्रमण रोक्न पर्याप्त उपाय नअपनाउनुको धेरै ठूलो जोखिम छ ।

सिंगापूरको फरक कोभिड कथा 

सिंगापुरमा भने अहिलेको अवस्था फरकै किसिमले सिर्जना भएको हो । संक्रमण सङ्ख्या कम भएपनि त्यहाँ सधैँ कोभिडका मापदण्ड अपनाइने विषयमा कडाइ गरिँदै आएको छ । त्यहाँ क्लब लगायत सार्वजानिक स्थलमा आठ जना भन्दा धेरैलाई एकैठाउँ भेला हुन दिइएको छैन । तर खोप लगाउनमा भने यो पछि पर्दै आएको छ ।

यसरी सिंगापुरको छांगी विमानस्थल यो महिनामा मात्र देशको सबैभन्दा ठूलो कोभिड हटस्पट बनेको हो । यसमा जोखिमयुक्त मुलुकबाट आएका यात्रुसँग काम गरेका एयरपोर्ट स्टाफहरुबाट सबैभन्दा पहिले संक्रमण फैलिएको सरकारी निकायहरुले पछि पत्ता लगाए । संक्रमित स्टाफहरु विमानस्थलका सार्वजनिक फुड कोर्टमा खाना खान गएपछि यसले नै भाइरसलाई थप फैलाउँदै गएको बताइएको छ । सिंगापुरले अहिले सर्वसाधारणका लागि प्यासेन्जर टर्मिनलहरु बन्द गराएको छ । यसमा संक्रमित हुने केही व्यक्तिमा भारतको अति संक्रमक भेरियेन्ट बी.१६१७. पनि भेटिएको थियो । 

त्यसकारण अहिले सिंगापुरले अति जोखिमयुक्त क्षेत्रबाट हुने उडानहरुलाई छुट्टै आइसोलेट गरेर राख्ने बताएको छ । यसमा स्टाफहरुलाई पनि निश्चित क्षेत्र भन्दा बाहिर निस्कन नपाइने घोषणा गरेको छ । यो खबरपछि सामाजिक संजाल मार्फत धेरै नागरिकहरुले आक्रोशित हुँदै ‘पहिले नै यस्तो तरिका किन अपनाइएन’ भनेर सरकारलाई प्रश्न गरेका हुन् । 

तर प्रोफेसर तिओ यिक यिङका अनुसार भने यो अवस्था अपरिहार्य थियो । उनले भने, “म बुझ्छु कि सिंगापूरका नागरिकहरु यस कुरासँग निराश छन् किनकि उनीहरुले अहिलेसम्म कुनैपनि कडा नियमहरुप्रति गुनासो गरेका छैनन् र बराबर पालन गरिरहेका छन् । तर हामी चीन जसरी आफ्नो सिमाना पूर्ण रुपमा बन्द राख्न सक्दैनौँ । यदि हामीले गतवर्ष अमेरिकालाई हेर्ने हो भने त्यहाँका प्रायः संक्रमितहरु चीनबाट होइन युरोपबाट आएका यात्रुहरु थिए । यस्तोमा हामीले कतिवटा देशका लागि आफ्नो सिमाना बन्द राख्ने ? ”

तर सिंगापुरको अवस्था अझै नियन्त्रित रहेकामा भने ढुक्क हुन सकिने प्रोफेसर कुक बताउँछन् । र सिंगापुरले बिस्तारै प्रभावकारी उपायहरु अपनाउन सुरु गरिसकेको पनि उनले बताए । 

खोप अभियानमा ढिलासुस्ती 

सिंगापुर र ताइवान दुवैमा देखिएको अर्को समान समस्या भनेको खोप अभियानमा ढिलासुस्ती हो । जस्तै ताइवानमा अधिकांश नागरिकहरुले स्थिति राम्रो भइसकेकाले खोप लिन नचाहेको बताउने गरेका छन् । त्यस्तै एस्ट्राजेनेका खोप सम्बन्धी रगत जम्ने समस्याको खबरले पनि उनीहरु हिचकिचाएका हुन् । 

तर अहिले अचानक संक्रमण बढ्न थालेपछि भने ताइवानमा मानिसहरु खोप लिन हतारिन थालेका हुन् । जसले अर्को समस्या उत्पन्न गराएको हो किनकी खोप सबैका लागि पर्याप्त छैन । २ करोड ४० लाख जनसङ्ख्याका लागि ताइवानले अहिलेसम्म केबल ३ लाख खोप मात्र प्राप्त गरेको छ । 

यसरी अन्तर्राष्ट्रिय कम्पनीहरुबाट खरिद गर्ने प्रयास गरेपनि पर्याप्ट खोप प्राप्त गर्न नसकेको डाक्टर छेन बताउँछन् । ताइवानले अहिले दुईवटा स्थानीय खोपको उत्पादनमा पनि काम गरिरहेको छ जसलाई जुलाइको अन्त्यसम्म उपलब्ध गराइने भनिएको छ । 

सिंगापूरमा पनि स्थिति त्यही छ । त्यहाँका केबल ३० प्रतिशत मानिसहरुले मात्र कम्तीमा एउटा डोज प्राप्त गरेको डाटा रहेको छ । सरकारले वर्षको अन्त्यसम्ममा सबैलाई सुइ लगाइसक्ने लक्ष्य राखेपनि खोपको आपूर्ति सिमित हुँदा समस्या भइरहेको छ । 

प्रोफेसर तेओ भन्छन्, “खोपको आवश्यकता अब धेरै लामो समयसम्म रहिरहने हाम्रो अनुमान छ । र बेलायत, अमेरिका, चीन जस्ता देशहरुसँग आफ्नै खोप निर्माण गर्ने क्षमता छ । यसकारण हामीपनि अब आफैँ सुइ उत्पादन गर्नतर्फ अघि बढ्न चाहन्छौँ । अनि मात्र हामी कसैमाथि निर्भर हुनुपर्ने छैन । ”

उनका अनुसार यी दुवै ठाउँमा संक्रमण बढ्नु अरु देशका लागि ठूलो पाठ हुन सक्छ । 

उनले थप भनेका हुन्, “हामीले देखिरहेका छौँ कि यतिबेला अमेरिका, युरोप लगायतले कोरोनाका मापदण्डहरु खुकुलो बनाइरहेका छन् । तर मेरो विचारमा उनीहरु अझै एकदम सावधान रहनुपर्छ र अरु देशमा के भइरहेको छ भनेर आफ्नो आसपास पनि अवलोकन गर्नुपर्छ । ”  बीबीसीबाट                                                                  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC