site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ममता बनर्जी भवानीपुर निर्वाचन क्षेत्रबाट उपनिर्वाचन लड्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

कोलकाता । हालै भारतको पश्चिम बंगालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बंगालको भवानीपुर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

पश्चिम बंगालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस (टीएमसी)ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा शपथ लिइसकेकी छन् । तर, उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी ६ महिनाभित्र पश्चिम बंगालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्रीले उपनिर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यसपहिले दुईपटकसम्म निर्वाचन जितेको क्षेत्र हो ।

यस वर्षको निर्वाचनमा उनले नन्दीग्राम क्षेत्र रोजे पनि भारतीय जनता पार्टीका तर्फबाट उमेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजित भएकी थिइन् ।

Global Ime bank

पश्चिम बंगालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमूल कांग्रेसले मुख्यमन्त्री बनाएको हो ।

त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपुर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका थिए । “पार्टीका सबै नेताहरूले छलफल गरी उनलाई यहाँबाट प्रतिस्पर्धा गराउने सुझाव आएपछि मैले सोचेँ कि मुख्यमन्त्रीका लागि मेरो सिट खाली गर्नुपर्नेछ । त्यहाँ कुनै दबाब छैन । सरकार चलाउनका लागि उहाँ योग्य व्यक्ति हो । मैले उहाँसँग कुरा गरेँ । यो उहाँको नै सिट थियो । मैले यसलाई सुरक्षित मात्रै गरेको हो,” चटर्जीले राजीनामापछि सञ्चारमाध्यमसँग बताए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ००:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC