site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिला बौद्धिक गरिबी हटाऊ

प्रसंग नेपाली राजनीति / लोकतन्त्रको नियतिको हो । बुद्धको देश, सगरमाथाको देश, वीर गोर्खालीको देश, कहिल्यै कसैको गुलाम नभएको देश भन्नमा गर्व गर्छौँ हामी । प्रकृतिक दृष्टिले दुनियाँमा हाम्रोजस्तो सुन्दर देश कमै छन् । तैपनि यस देशमा लोकतन्त्र र राजनीतिक स्थिरता किन हुन सकेन ? सात साल यता कुनै सरकार के कारणले पूरा अवधि टिक्न सकेनन् ?

विकासले किन फड्को मार्न सकेन ? एक्काइसाैं शताब्दीमा आइपुग्दा दुनियाँ कहाँ पुगिसक्यो हामी भने अस्पतालमा एउटा बेड र अक्सिजन नपाएर मर्न बाध्य छाैँ । यो नेपालको नियति हो वा हाम्रो नेतृत्वको अक्षमता ? यो लेख भिन्न कोणबाट यी विषयलाई हेर्न सकिन्छ कि भनेर छलफलका लागि राख्दै छु । 

पुर्खाहरुले ठीकै भनेका रहेछन् – हाम्रो देश दुई ढुंगाबीचको तरुल हो । के भूराजनीतिका कारण हामीले यो नियति भोग्नु परेको हो त ? त्यस्तो हो नै भने पनि दोष चाहिँ हामी आफैँले लिनुपर्छ । कतै हामीले तरुलको महत्त्व, बुझ्न र बुझाउन सकेनौ कि ?

Prabhu Bank
Agni Group
NIC Asia

छिमेकका दुवै मुलुक भारत र चीन भूगोल र जनसंख्याको हिसाबले हामीभन्दा धेरै ठूला छन् । एउटा बत्तीस र अर्को पचास गुणा ठूलो । नेपाल जहाँ छ, जस्तो अवस्थामा छ त्यसबाट हामी न आफ्नो भूगोल सार्न सक्छाैँ न नयाँ छिमेकी बनाउन सक्छौँ । यही वातावरणबीच आफ्नो अस्तित्व बचाइराख्ने र दुई ठूला छिमेकीबाट लाभ उठाउनेबाहेक अर्को विकल्प छैन । यस्तो स्थितिमा भयभित हुन आवश्यक छैन । हरेक मुलुकले आफ्नो राष्ट्रिय हितमा काम गर्न खोज्नु नौलो विषय होइन । नेपालको सन्दर्भमा हाम्रा छिमेकीको चासो पनि त्यही हो । यी दुई छिमेकीले आफ्नो चासो सम्बोधन गर्ने क्रममा नेपालले साँढेको जुधाइमा बाच्छाको मिचाइको नियति भोग्नु परेको छ । भारत र चीन दुवै विश्वका शक्तिशाली देशका रुपमा उदाइरहेका छन् ।

उनीहरुको चासो नेपालको आन्तरिक मामिलामा दखल दिनेभन्दा पनि वाह्य शक्तिको प्रभाव रोक्ने र आफ्नो राष्ट्रिय हितको प्रवर्धन गर्नेमा केन्द्रित देखिन्छ । यसलाई कसैले अस्वभाविक मान्न मिल्दैन । दुवै छिमेकीको चासो बुझेर ती मुलुकको राष्ट्रिय सुरक्षा र हितलाई सम्बोधन गर्दै उनीहरुको विकास र समृद्धिको लाभ उठाउने नीति बनाउँदा छिटै हामी पनि सम्पन्न देश बन्न सक्छाैँ । 

Global Ime bank

नेपाली राजनीति मूल विषयमा प्रवेश गर्न सकेकै छैन । जसरी पनि सत्तामा पुग्नैपर्छ भन्ने नेतृत्व र आफू समर्थकलाई जिताएर लाभका पदमा पुग्न चाहने बौद्धिक समुदायले कहिल्यै देशको बृहत्तर हितमा ध्यान दिएको पाइँदैन । त्यही कारण नेपाल विगतदेखि नै छिमेकीहरुको खेल मैदान थियो र छ । हामीले उनीहरुलाई प्रेम, सद्भाव र विश्वास दिन सकिरहेका छैनौ । अमुक दल र नेताको लहडका आधारमा तय हुने तथा सत्ता फेरिनासाथ बदलिने विदेश नीति त्यसका लागि प्रमुख कारक होजस्तो लाग्छ । 

क्षणिक राजनीतिक लाभका लागि छिमेकीलाई गाली गर्ने, समर्थन र विरोध गर्ने प्रवृत्तिले पनि हामीलाई कमजोर बनाइरहेको छ ।

अनि हाम्रा आन्तरिक मामिलामा ‘माइक्रो म्यानेजमेन्ट‘ तहसम्म उत्रिन उनीहरुलाई वाध्य बनाउने काम भइरहेको छ । यस्ता सबालमा पर्याप्त बहस, छलफल गरी हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर ठोस नीति बनाउन जरुरी छ । 

हरेक छ छ महिनामा सरकार बदलिने र कुनै सरकारले पूरा कार्यकाल काम गर्न नपाएको नियतिलाई हल्काफुल्का रुपमा लिने तहको बौद्धिक गरिबीबाट माथि उठ्न सकिएन भने हाम्रो नियति अहिलेभन्दा फरक हुनेछैन । 

यतिबेला कोरोना महासंकटले सिंगो विश्वलाई आक्रान्त बनाएको छ । ठूला, साना, शक्तिशाली, कमजोर सबै मुलुक यसको चपेटामा छन् । तर, हामी र उनीहरुबीच एउटा भिन्नता छ । त्यो के भने – दुःखसुखमा साथ दिने अविभावकका रुपमा उनीहरु सरकारको साथा पाउँछन् । हामीले सबै आफँैले सहनुपर्छ । त्यहाँका जनता र बौद्धिक वर्ग कामको आधारमा सरकारको आलोचना र प्रशंसा गर्छन् । हामी आस र त्रासको आधारमा त्यो काम गर्छौँ । त्यहाँ सबै सेवा सरकारले दिन्छ । त्यहाँ नागरिकले आफ्नो काममा केन्द्रित भएर कर्तव्य पूरा गरिदिए पुग्छ ।

सूचना प्रविधि उन्नतिले सिंगो संसारलाई खुम्च्याएर एउटा सानो मोबाइलमा सीमित गरिदिएको छ । विश्व के गर्दैछ भन्ने पलपलका सूचना हामी सहजै लिनसक्ने अवस्थामा छाैँ । तैपनि, हामीले बौद्धिक क्षमताको प्रयोग गर्न सकिरहेका छैनौ । आफ्नो धरातल कला, संस्कृति, परम्परा र इतिहासको सम्मान गर्न सकिरहेका छैनौ । 

संसारमा आफ्नो विगतबाट पाठ सिक्दै राष्ट्रिय आवश्यकता सम्बोधन नगरी समृद्ध भएको कुनै मुलुक छैन । हामीले युवा पुस्तालाई त्यस बारेमा प्रशिक्षित गर्नसकेका छैनौ । राष्ट्रियता र आत्मगौरवका गाथा उनीहरुलाई पढाइन्छ तर ऐन मौकामा नेतृत्व त्यसको कार्यान्वयनमा चुक्छ । नेतृत्व आफूले गरेका वाचाअनुरुपको व्यवहार र जीवनशैली अपनाउँदैन । फलस्वरुप, युवा समूहले मुलुकमा आफ्नो भविष्य देख्दैन र माध्यमिक शिक्षा सक्दानसक्दै विदेश जाने, उतै पढ्ने, काम खोज्ने र उतै बस्ने सपना देख्न थाल्छ । कमजोर आर्थिक स्तर भएका युवा देशमा श्रमको मूल्य पाउँदैनन् र कतार मलेसियालगायत खाडी मुलुकमा पसिना बगाएर परिवार पाल्न बाध्य हुन्छन् । 

शिक्षा, स्वास्थ्यका लागि बर्सेनि विदेशमा ठूलो रकम गएको छ । कृषि प्रधान देशमा ठूलो परिमाणमा खाद्यान्नसमेत आयात भइरहेको छ । देशभित्र दुई तीन वर्ग छन् । एउटा शासक, अर्को हुनेखाने र अनि नहुने । शिक्षा, स्वास्थ्य र रोजगारी पनि शासक र हुनेखाने वर्गको वरिपरि छ । जनसाधारणलाई भोट बैंकका रुपमा प्रयोग गर्नेबाहेक नेतृत्वले महत्त्व दिएकै छैन । निष्ठा, सिद्धान्त नभएको राजनीतिक नेतृत्व र बौद्धिक क्षेत्रको गरिबी नै नेपाल अघि बढ्न नसक्नुको मुख्य कारण हो ।  

त्यसैले यस मुद्दामा अब एउटा राष्ट्रिय बहस आवश्यक छ । हाम्रा दुवै छिमेकीको राष्ट्रिय हितविपरीत नजाने राष्ट्रिय नीति बनाऊँ ।

ती मुलुकका उद्यमी व्यवसायीलाई लगानीको वातावरण बनाऊँ । उद्योग धन्दा खुले भने रोजगारी र उत्पादन दुवै बढ्छ । त्यसले राष्ट्रिय अर्थतन्त्रको निर्माणमा सघाउ पुग्छ । 

कोरोना महामारीले सिकाएको छ । हाम्रो खानपान, रहनसहन र संकृति अनुरुपको जीवन पद्धति नै उकृष्ट रहेछ भन्ने । त्यसलाई प्रवर्धन गराैँ । शिक्षा र स्वास्थ्यमा भएको निजी प्रभुत्व अन्त्य गराैँ । राजनीतिलाई जनताको सेवा गर्ने पवित्र पेसा बनाऊँ ।

युवा पुस्ताले विश्वको अनुभव लिएर एउटा नयाँ बहस सुरु गर्नु पर्‍यो जसले नेपालीको बौद्धिक क्षमता अभिवृद्धि गर्न सकोस् ।

विगतका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्न प्रेरित गर्न सकोस् । विश्वविद्यालय र अनुसन्धान संस्थाहरुलाई सबल बनाउनु पर्‍यो ।

तिनले अध्ययन, अनुसन्धान र अन्वेषण गरी देशका आवश्यकता र प्राथमिकता पहिचान गर्न सकुन् । त्यसैलाई आधार बनाएर सरकारले नीति बनाओस् । त्यसैको आधारमा हाम्रो देशको बौद्धिक जग निर्माण होस् । अनिमात्र सुन्दर, शान्त र समृद्ध नेपाल बनाउन सम्भव हुन्छ । जनता खुसी हुनेछन् । राजनीतिक स्थिरता आउनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC