site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले थप दुई करोड डोज खोप अरु देशलाई पठाउने
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग लडिरहेका अरु मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने घोषणा गरेका छन् । जुनको अन्त्यसम्ममा त्यति मात्रामा खोपहरु बाहिर पठाउने उनले बताएका हुन् ।

उनले भनेका छन्, “ती सबै खोपहरु अमेरिकीलाई लगाउन स्वीकृत गरिएको थियो र आगामी जुनसम्म हामीले सबै अमेरिकी नागरिकलाई सुरक्षित राख्न पर्याप्त खोप डेलिभरि गरिसकेका हुनेछौँ । त्यसैले हामीले त्यसमै रहेको दुई करोड डोजको अतिरिक्त आपूर्ति अन्य देशलाई प्रदान गर्नेछौँ । यसको अर्थ अर्को ६ हप्तामा अमेरिकाले आठ करोड डोज विदेश पठाउनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

ती खोपहरुमा फाइजर, मोडेर्ना या जोन्सन एन्ड जोन्सन उपलब्ध हुने अपेक्षा गरिएको छ । यसका साथै एस्ट्राजेनेका खोपको अतिरिक्त ६ करोड डोज पनि समावेश गरिनेछ, जुन अमेरिकाले यसअघि विदेश निर्यात गर्ने घोषणा गरेको थियो ।

बाइडेनले आफूहरुले जत्तिको सहयोग विश्वमै अरु कसैले नगरेको र खोप दान गर्नमा अमेरिका सबैभन्दा अगाडि रहेको पनि बताए । उनले चीन र रुसको नाम लिँदै तिनीहरुले भन्दा अमेरिकाले विश्व समुदायमा बढी खोप वितरण गराएको र महामारी नियन्त्रणमा योगदान पु¥याउन समर्पित रहेको बताए ।

Global Ime bank

भाइरससँगको लडाईँमा प्रजातन्त्रले नै जित दिलाउने उनको भनाइ छ । अमेरिकाले महामारी अन्त्य गर्न अब नयाँ बहुपक्षीय कदम अघि बढाउने उनले उल्लेख गरे ।

त्यस्तै, अमेरिकामा जारी खोप कार्यक्रमको प्रगतिबारे पनि बाइडेनले जानकारी दिए । मंगलबारसम्म ६० प्रतिशत जनसंख्याले खोपको कम्तीमा पनि एक डोज लगाइसकेको हुने उनले बताए । एबीसी न्युजबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC