site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फाइजर खोपलाई ‘लामो समय फ्रिजमा भन्डारण गर्न सकिने’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

ब्रसेल्स । युरोपेली संघ (ईयू)को औषधि नियामक निकायले फाइजरको कोरोनाविरुद्धको खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भन्डारण गर्न सकिने जनाएको छ ।

युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो । यसअघि, त्यसरी भन्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो खोप बढी समय भन्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ । यसअघिको तोकिएको भन्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो ।

फेब्रुअरीमा अमेरिकाले यस खोपको भन्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको जनाएको थियो । सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सियसमा भन्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो ।

Global Ime bank

यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचका बालबालिका समेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC