site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतले अक्टोबरसम्म कोरोनाविरुद्धको खोप निर्यात नगर्ने !
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतले कम्तीमा पनि आउँदो अक्टोबरसम्म कोभिड–१९ विरुद्धको खोप निर्यात गर्न नसक्ने देखिएको सरकारी स्रोतले जनाएको छ ।

स्वदेशी माग पूरा गर्नका लागि हाल खोपको वितरण देशमै केन्द्रित गर्नुपर्ने भएपछि यसअघि बताइएको भन्दा लामो समयसम्म निर्यात रोकिने भएको हो । यसले विशेषगरी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को ग्लोबल खोप अभियान ‘कोभ्याक्स’को आपूर्तिलाई नराम्ररी प्रभाव पार्ने देखिएको छ ।

कोरोना संक्रमणको संख्या विश्वकै सबैभन्दा उच्च विन्दुमा पुगेपछि भारतले एक महिनाअगाडिदेखि खोप देशबाहिर निर्यात रोकेको छ । यो निर्णयले नेपालसहित विशेषगरी छिमेकी मुलुक श्रीलंका, बंगलादेश र अफ्रिकी राष्ट्रहरुलाई वैकल्पिक आपूर्तिको खोजी गर्न बाध्य बनाउने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, कोभ्याक्सको नेतृत्व गरिरहेको गाभी र डब्ल्यूएचओले सोमबार मात्र भारतबाहेकका खोप निर्माताहरुलाई उत्पादन बढाउन र कोभ्याक्स कार्यक्रममा आपूर्ति गर्न भनेका थिए ।

सञ्चार एजेन्सी रोयटर्ससँग कुरा गरेका सरकारी स्रोतका अनुसार भारतको खोप अभियान अब केबल देशभित्र मात्र केन्द्रित रहनेछ । खोप प्रदान गर्नैपर्ने बाध्यता नभएको हुँदा आफूहरुले कुनै पनि राष्ट्रलाई यसबारेमा आधिकारिक जानकारी दिन आवश्यक नठानेको उनले बताएका छन् । उनले भनेका छन्, “हामीले यसबारे आन्तरिक रुपमा छलफल गरेका हौँ र अहिले भारतको अवस्था हेरेर केही देशहरुलाई खोपको अपेक्षा नगर्न भनिएको छ ।” उनले ती देशको नाम भने खुलाउन चाहेनन् ।

Global Ime bank

भारतमा दोस्रो लहर केही नियन्त्रणमा आइसकेपछि र स्वास्थ्य प्रणालीको भार कम हुँदै गएमा मात्र खोप निर्यातको काम अघि बढाउन सकिने बताइएको छ । भारतको विदेश मन्त्रालयले यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रवक्ताका अनुसार अहिले सबै उत्पादन भारतमा मात्र केन्द्रित गराइनेछ । यसअघि, उनीहरुले आउँदो जुनदेखि देशबाहिर खोप पठाउन सुरु गर्न सकिने बताएका थिए ।

कोभ्याक्सले भारतबाट यस महिनाको अन्त्यसम्म प्राप्त गर्ने भनेको १४ करोड खोपको डोज अब भारतमै राखेर त्यहीँ प्रयोग गरिने गाभीकी प्रवक्ताले बताइन् । कोभ्याक्सले भारतको सेरम इन्स्टिच्युटसँग एस्ट्राजेनेका वा नोभाभ्याक्स खोपको १.१ अर्ब डोज डेलिभर गर्ने सम्झौता गरेको छ ।

युनिसेफका प्रमुखले सोमबार जी–७ का सदस्य राष्ट्रहरुलाई भारतीय खोप निर्यातमा रोकपश्चात् सिर्जना भएको अभावलाई सम्बोधन गर्न आपत्कालीन उपायस्वरुप खोप दान गर्न अपिल गरेकी थिइन् । रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC