site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालमा महामारीले भयावह रूप लिएकोमा संसारभरका शुभेच्छुक एवं मित्रले चिन्ता प्रकट गरेका छन् । नेपाललाई महामारीको सामना गर्ने काममा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । नेपाल सरकार भने केमा अल्झिएको हो थाहै पाउन सकिएन ।

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)की पूर्वप्रमुख हेलेन क्लार्कले सामाजिक सञ्जाल ट्विटरमार्फत् नेपालको अवस्था भयावह भएकाले अन्तर्राष्ट्रिय समुदायसँग खोपलगायत स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह गरेकी छन् । 

यसैगरी केही दिन पहिले अमेरिकी संसद्मा पनि नेपाललाई खोपलगायतको मानवीय सहायता दिनुपर्ने विषय उठाइएको थियो । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोभिड(१९ को सङ्क्रमण भयावह हुनसक्ने चेतावनी दिँदै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालभित्र भने सङ्क्रमण बढ्न थालेपछि सरकार झन् उदासीन भएको देखिएको छ । न थप खोप किन्ने कुनै सार्थक प्रयत्न गरिएको छ न त अन्य परीक्षणकै मात्रा र सीमा बढाइएको पाइन्छ । 

खोपको वितरणमा पनि धाँधली गरिएको सन्देह पुष्टि भएको छ । संसद् सचिवालयमा धाँधलीको एउटा दृष्टान्त आइतवार देखियो । सरकारले तोकेको मापदण्डविपरीत सांसद र कर्मचारीले परिवारका सदस्यलाई खोप दिलाए । उता, सरकारले तोकेकै मापदण्डअनुसार पहिलोमात्रा खोप लिएका ज्येष्ठ नागरिक भने दोस्रोमात्र नपाउने डरले आत्तिएका छन् ।

Global Ime bank

कोभिड-१९ को सङ्क्रमण गाउँ गाउँमा फैलिएको तर गाउँतिर परीक्षणको कुनै व्यवस्था नभएको समाचार आइरहेका छन् । सरकारले कतै परीक्षण नभए सङ्क्रमितको सङ्ख्या घटेको देखिएर सजिलो हुने ठानेको त हैन ? सरकारको सोच त्यस्तो हो भने त्यो मूर्खताको परिणाम अकल्पनीय हुनसक्छ ।

वर्ष दिनसम्म रमिता हेरेर र महामारीमा पनि लुट्ने मौकामात्र पर्खेर बस्ने वर्तमान मन्त्रिपरिषद्ले सङ्कट निवारणका लागि अब केही सार्थक उपाय अपनाउला भन्ने ठान्नु सायद मूर्खता हुनेछ । तैपनि, कर्मचारी संयन्त्र प्रभावहीन भएको मुलुकमा जस्तो भए पनि राजनीतिक नेतृत्वलाई नै गुहार्नुपर्ने बाध्यता हुन्छ । 

संसद् सचिवालयमा आइतवार भएको अव्यवस्था र बेइमानी सरकारको काम गराइकै प्रतिनिधि उदाहरण हो । यस घटनाबाट उत्पन्न दिक्दारी र आक्रोश सडकमा व्यक्त गर्न जनता बाध्य भए भने त्यसको परिणाम निकै भयावह हुनसक्छ । र अहिलेसम्मका सबै उपलब्धि खेर पनि जान सक्छ ।

यसैले सरकार जनताप्रति रत्तिभर पनि संवेदनशील र जिम्मेवार छ भने तत्काल थप खोप किनेर, मागेर जसरी जहाँबाट  सकिन्छ ल्याइहाल्ने प्रयासमा लागोस् । कमिसनको चक्करमा नेपाली जनताको जीवन बन्धकी बनाउने काम रोकिएन भने जनआक्रोश विस्फोट हुनसक्छ ।

पक्कै पनि व्यापकरूपमा खोप लगाउन सके कोभिड-१९ को महामारी नियन्त्रण गर्न धेरै सजिलो हुन्थ्यो । तर, खोपको जोहो मिलाउँदै गर्दा परीक्षणको उपेक्षा गर्नु हुँदैन ।

यसैगरी ज्येष्ठ नागरिकलाई दिइएको खोपको दोस्रो मात्रा कहिले दिइने भन्ने तत्काल जानकारी दिइयोस् । पहिलो मात्रा लगाएको तीन महिनाभित्र खोप नदिए त्यसले काम नगर्ने हो भने यस्तो अवस्था कसरी उत्पन्न भयो जनताले जान्न पाउनुपर्छ । त्यस अस्तव्यस्तताका लागि दोषीले सजाय पनि पाउनुपर्छ । नागरिकको जीवनसँग गरिएको खेलबाड हत्याजस्तै जघन्य दण्डनीय अपराध हो ।

थप खोपको बन्दोबस्त मिलाउन पक्कै समय लाग्छ । त्यसमाथि कमिसनको चक्कर र त्यसको सूत्र प्रधानमन्त्रीसम्मै पुगेको सार्वजनिकरूपमा भएको खुलासाले स्थिति झन् जटिल बन्ने पक्कापक्की छ । यसैले अब तत्काल राज्यसँग उपलब्ध खोप मापदण्डअनुसार वितरण गरी विवरण सार्वजनिक गरिनुपर्छ  ।  

यसैगरी परीक्षणको दायरा व्यापक बनाउन कन्जुसी र बेइमानी नगरे सङ्क्रमण नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ । परीक्षण बढाउन सके सङ्क्रमितलाई अलग्ग राखेर परिवारका अरू सदस्यलाई जोगाउन सकिन्छ । 

स्थानीय तहहरूले अहिले ‘आइसोलेसन’ केन्द्रहरू बनाइरहेका छन् । अस्पतालहरूसमेत बनाउन थालिएको छ । परीक्षण गरेर सङ्क्रमित नै नछुट्ट्याउने हो भने ती सबै निरर्थक हुनेछन् ।

यस्ता काम गर्न धेरै पहिलेदेखि विज्ञहरूले सुझाव र चेतावनी दिइरहे पनि सरकारले बेवास्ता गर्दा अहिलेको भयावह अवस्था उत्पन्न भएको हो । अब पनि बेवास्ता गर्नु देश र जनताप्रति गरिएको विश्वासघात ठहरिनेछ । विवेक भए प्रयोग होस् ! 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC