site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको खोप लगाउन किन पछाडि परिरहेका छन् पुरुष ?
Sarbottam CementSarbottam Cement

वासिङ्टन । कोरोनाका कारण सबैभन्दा बढी मृत्यु भएको देश अमेरिकाको तथ्यांक हेर्दा यहाँ महिलाभन्दा पुरुषको मृत्यु धेरै भएको पाइन्छ ।

अमेरिकामा तीनवटा खोप स्वीकृत भइ प्रयोगमा ल्याइसकिएको छ, जसले कोरोनाबाट गम्भीर बिरामी भइ अस्पताल भर्ना हुन र मृत्युबाट जोगाउँछ । तर, यसमा समस्या के देखिएको छ भने मृत्युदर बढी भए पनि महिलाको तुलनामा पुरुषहरु खोप लगाउनमा पछि परिरहेका छन् ।

मे ३ सम्ममा अमेरिकामा केबल ३८.५ प्रतिशत पुरुषले मात्र खोप लगाएका छन् । जबकि, ४३.३ प्रतिशतले महिलाले खोप लगाइसकेको आधिकारिक तथ्यांकले देखाउँछ । यो तथ्यांकलाई धेरै हिसाबमा आश्चर्यजनक मानिएको छ । किनकि, यसअघिको सर्वेक्षणमा महिलाभन्दा पुरुषमा खोप लगाउने चाहना बढी हुने गरेको देखिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जोन्स होप्किन्स युनिभर्सिटीका रिसर्च वैज्ञानिक रोजमेरी मोर्गन र डेरेक ग्रिफिथका अनुसार खोप लगाउने कुरामा लैंगिक भिन्नता देखिनुपछाडि धेरै कारणहरु छन् । मोगर्नका अनुसार अमेरिकामा महिलाहरु पुरुषभन्दा पाँच वर्ष बढी बाँच्छन् र देशको ६५ वर्ष उमेरमाथिको समूहमा ५५ प्रतिशत महिला छन्, जो पहिले खोप लगाउन योग्य भए । त्यस्तै, खोप अभियानमा प्राथमिकता दिइएको फ्रन्टलाइनका कामदारमा पनि महिलाहरु बढी रहेको पाइएको छ । उदाहरणका लागि सन् २०१९ मा स्वास्थ्य क्षेत्रमा कार्यरत हुनेमा ७६ प्रतिशत महिला थिए ।

त्यस्तै, पुरुषहरु खोप लगाउनमा पछि पर्नुको अर्को कारण तिनको व्यवहार पनि हुन सक्ने बताइएको छ । महिलाहरु स्वास्थ्यको ख्याल राख्ने विषयमा सक्रिय हुन्छन् । यसअघि, इन्फ्लुएन्जाको मौसममा पनि फ्लुको सुई लगाउनेमा महिलाहरुको संख्या धेरै रहेको डाटाले देखाउँछ ।

Global Ime bank

त्यसैगरी, यसको राजनीतिक कारण पनि छ । आफूलाई रिपब्लिकनका रुपमा परिचित गराउने अधिकांशले खोप लगाउने सम्भावना कम हुन्छ । मार्चमा गरिएको न्युजआवर पोलमा केबल ५० प्रतिशत रिपब्लिकन पुरुषहरुले मात्र खोप लगाइसकेको या लगाउने योजनामा रहेको पाइएको थियो । डेमोक्रेट्सहरु भने ९२ प्रतिशत खोप लगाउने पक्षमा रहेको पाइयो ।

त्यसैगरी, महिलाहरु अरुको स्वास्थ्यबारे केही बढी चिन्तित रहने गरेकाले पनि उनीहरु खोप लगाउने कुरामा बढी गम्भीर हुने गरेको पाइएको छ । ७३ प्रतिशत महिलाले परिवारमा कोरोना लाग्ला भनेर चिन्ता व्यक्त गरेका छन् र यही कुरामा ५८ प्रतिशत पुरुषले मात्र सहमति जनाएका छन् ।

त्यस्तै, सुरक्षाका मापदण्ड अपनाउने विषयमा पनि पुरुषभन्दा महिलाहरु अगाडि रहेको २०२० मा प्रकाशित अध्ययनमा पत्ता लागेको थियो । यी सबै खोजहरुले महिलाहरु आफू र आफू वरपरका सबैलाई सुरक्षित राख्नका लागि भए पनि खोप लगाउन बढी सजग हुने गरेको देखिएको छ ।

यसका साथै महामारीको समयमा महिला र पुरुषले सामना गर्नुपरेका आर्थिक दबाब पनि धेरै फरक रहेको पाइएको छ । यसमा सबैका लागि परिवार र कामबीच सन्तुलन बनाइराख्न सबैभन्दा कठिन थियो । जसमा पुरुषहरुले कामलाई बढी प्राथमिकता दिने गर्छन् भने महिलाहरुले परिवारको ख्याल राख्ने कुरामा धेरै ध्यान दिइरहेका हुन्छन् । पुरुषहरु तलब पाएर बिदा बसे पनि काममै धेरै केन्द्रित हुने गरेको पाइएको छ ।

ग्रिफिथका अनुसार कतिपय पुरुषहरुले काम छाडेर खोप लगाउन जानुलाई विकर्षणका रुपमा लिने गरेका छन् । त्यस्तै, केहीले खोपको साइड इफेक्टले काम प्रभावित होला भनेर सुई नलगाउने निर्णय गरेका पाइएको छ ।

अर्कोतर्फ, महिलाहरुले बच्चाहरुको ख्याल राख्नकै लागि भनेर काम छाड्ने समेत गरेका छन् । उनीहरुले खोपलाई महामारीपछि सामान्य जीवनमा फर्कने माध्यमका रुपमा लिने गर्छन् । मोर्गन भन्छन्, “विशेषगरी भर्खरको उमेरका आमाहरुलाई सबै पहिलेको अवस्थामा पुगोस् भन्ने चाहना धेरै छ ।” टाइमबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC