site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएकाे नेपाली सेनाले सुरुङकाे ठेक्का सम्झाैता गरेकाे छ ।  दुई खण्डकाे  सुरुङ निर्माण ३ वर्षभित्र सक्नेगरी शुक्रवार सम्झौता भएको जानकारी सेनाले दिएको छ । सुरुङ बन्ने भएपछि द्रुतमार्ग आगामी तीन वर्षभित्र सम्पन्न हुने अपेक्षा गरिएकाे छ ।

प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिले ठेकेदारकाे चयनमा कानुन पालन नभएकाे भन्दै ठेक्का प्रक्रिया राेक्न सेनालाई पत्राचार गरेकाे समाचार केही दिन पहिले सार्वजनिक भएकाे थियो । रक्षा मन्त्रालयबाट कुनै प्रतिक्रिया नदेखाइएपछि समितिले सेनालाई सोझै पत्राचार गरेकाे बताइएकाे छ । 

समितिलाई सेनाले पुनर्विचार गर्न आग्रह गर्दै पठाएकाे पत्रकाे उत्तर नआएपछि विधि र प्रक्रियाअनुसारै छानिएकाे ठेकेदारसँग सुरुङ निर्माणको ठेक्का सम्झाैता गरिएकाे सेनाले बताएकाे छ । सार्वजनिक लेखा समिति र नेपाली सेनाका सम्बन्धित पदाधिकारीबीच यस विषयमा पटकपटक वार्ता पनि भएकाे थियाे ।

Prabhu Bank
Agni Group
NIC Asia

सेनाका अनुसार यस  द्रुतमार्गमा सुरुङ निर्माण अपेक्षाकृत जटिल काम हो  । सुरुङकाे काम ठेक्का लगाइएपछि बेलैमा सडक निर्माण कार्य सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ ।  सम्झौता गरिएका सुरुङ निमार्णका ठेक्का रकम एउटाको २१ अर्ब ६१ करोड र अर्कोकाे २८ अर्ब ५३ करोड रुपैयाँ रहेकाे छ ।

काठमाडाैं-तराई-मधेस द्रुतमार्गकाे आवश्यकता र औचित्यमा वहस गर्न सकिन्थ्यो ।  सरकारले त्यसकाे निर्माणकाे जिम्मा नेपाली सेनालाई नदिइएकाे भए पनि हुनेथियाे । तर, यी सबै काम भइसके । यसैले अब सेनालाई काममा भाँजाे हाल्नुकाे कुनै तुक देखिँदैन ।

Global Ime bank

काम गर्ने शैली र संस्कृतिमा सेना र नागरिक प्रशासनबीच फरक भए पनि नेपाली सेनाले प्रचलित कानुन पालन गर्नुपर्छ । कानुनले निर्देश गरेकाे विधि र प्रक्रिया अनुसरण पनि गर्नुपर्छ । यस्तै लेखा समितिले पनि सरकारी कामकाजकाे निगरानी गर्ने संसदीय भूमिकाकाे सीमा नाघ्नु उपयुक्त हुँदैन । 

ठेक्का सम्झौता गरिँदा कानुनले तोकेकाे विधि वा प्रक्रिया उल्लङ्घन गरिएकाे भए प्रचलित कानुनबमाेजिम कारबाही  हुने नै छ । यसैले अब सेनालाई उसैकाे काम गर्ने शैली र संस्कृतिअनुसार काम गर्न दिइनु उचित हुन्छ ।

ठेक्कापट्टाकाे विवादमा भन्दा संसदीय समितिले आफ्नाे सभ्यता र जीवनशैली जाेगाउने खोकनावासीकाे अडान र मुआब्जाका विषयमा ध्यान दिए निर्माण कार्य सहज र स्थानीय बासिन्दाकाे हितमा हुनेछ । आशा गरौँ, राष्ट्रिय गौरवकाे दर्जा दिइएकाे याे द्रुतमार्ग अब तोकिएकै समयमा सम्पन्न हुनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC