site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायली हवाई आक्रमणमा थप १० प्यालेस्टिनीको मृत्यु
Sarbottam CementSarbottam Cement

गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।

गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको सुरुदेखि हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजरायल र हमास लडाकूबीचको युद्ध रोक्न र युद्धविराम गराउन प्रयास जारी छ ।

पछिल्लोपटकको हिंसा जेरुसेलमबाट सुरु भएको थियो र यो अहिले गाजा क्षेत्रका साथै इजरायली भूमिमा बसोबास गर्ने अरब समुदायसम्म फैलिएको छ । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु जारी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार इजरायल अधिनस्थ पश्चिमी किनारामा पनि प्यालेस्टिनी समुदायले इजरायलविरोधी प्रदर्शन गरेका थिए । त्यहाँ पनि इजरायली सेनाले गरेको कारबाहीमा ११ जना सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो ।

हिंसात्मक कारबाही तीव्र भएसँगै नयाँ प्यालेस्टिनी ‘इन्तिफादा’ अर्थात् विद्रोह हुने सम्भावना बढाएको छ । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुनसकेका छैन ।

Global Ime bank

सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झन्डै सात लाख प्यालेस्टिनी विस्थापित भएको दिनको सम्झना पनि यही शनिबार परेको छ । यसदिन अझ बढी हिंसा हुने सम्भावना छ ।

तनाव मत्थर पार्ने प्रयासस्वरुप अमेरिकी कूटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै शुक्रबार नै इजरायल आइपुगेका छन् । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक आइतबार बस्दै छ । यसैबीच, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।

सोमबार रातिदेखियता हमासले इजरायली भूमितर्फ सयौँ क्षेप्यास्त्र प्रहार गरेको छ । बदलामा इजरायलले गाजापट्टीमा गरेको भीषण सैन्य कारबाहीमा कम्तीमा १२६ जनाको मृत्यु भइसकेको छ, जसमा ३१ जना बालबालिका र २० जना महिला रहेका छन् । उता, इजरायलतर्फ भने ६ वर्षीय एक बालक र एक सैनिकसमेत सातजनाको ज्यान गएको छ ।

गाजाबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार र इजरायली हवाई हमला शनिबार बिहानैदेखि जारी छ । एउटा हवाई हमलामा गाजाको एक तीनतले घर भत्किएको र त्यहाँ रहेका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको रेडक्रसले जनाएको छ ।

मोहम्मद अबु हताबले संवाददाताहरुलाई भने, “इद मनाउन आफन्तकोमा गएकी पत्नी र ६ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ । एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ ।”

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिकसले हमासलक्षित आक्रमण गर्दा ठूलो क्षति नहोस् भनेर इजरायली सेनाले सचेतता अपनाएको दाबी गरेका छन् । तर, सेनाले हवाई कारबाही गर्नुअघि सर्वसाधारणलाई आफ्ना स्थान छाड्ने संकेत गर्दै साइरन नबजाइएको स्थानीयको भनाइ छ ।

हमास र इस्लामिक जिहाद समूहले आफ्ना २० जना लडाकू मारिएको जनाएको छ । तर, इजरायली सेनाले त्योभन्दा ठूलो संख्यामा लडाकूहरु मारिएको दाबी गरेको छ । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC