site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

आशा गरौँ, सरकार बनाउने, गिराउने र संसद् भङ्ग गर्ने खेल अब केही समयका लागि स्थगित हुनेछ । केपी शर्मा ओलीले अल्पमतका प्रधानमन्त्रीका शपथ ग्रहण गरिसकेका छन् । पुरानो  मन्त्रिपरिषद्का सदस्यहरू यथावत् दोहोरिएका छन् ।

थप आशा गरौँ, संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत पनि पाउनेछन् । जनता समाजवादी पार्टीको संसदीय दलको नेता फेरिएको समाचारले सङ्केत पनि गरिसकेको छ । कम्तीमा कोभिड-१९ को महामारीकै बीचमा नयाँ चुनाव टार्न उनी सक्षम हुनेछन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस पनि अब महाधिवेशनको तयारीमा लाग्नेछ । हालै विपक्ष बन्नपुगेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सम्भवतः यसपटक धेरै गुमायो ।अब आशा गरौँ, माओवादी आफ्नो पार्टी बलियो बनाउन ध्यान केन्द्रित गर्नेछ ।  

Agni Group

सत्तारूढ दलको किचलो साँच्चै नै साम्य भएको हो कि फेरि बल्झने हो भन्ने कौतुहल राजनीतिक वृत्तमा देखिएको छ । यसबीच एमालेभित्रको संस्थापन र असन्तुष्ट पक्ष दुवैले केही गुमाएका र केही पाएका छन् । अनुभवबाट सिके भने उनीहरूलाई मात्र हैन देश र जनतालाई पनि लाभै हुनेछ ।

प्रधानमन्त्री ओलीलाई अब एमालेका सबै र राजपाका बहुमत सदस्यले विश्वासको मत दिए भने साधारण बहुमत पुग्छ । त्यति भए कम्तीमा कोभिड-१९ को महामारीको सन्त्रासबीच चुनावमा जान पर्नेछैन । सङ्क्रमणका बीचमा चुनाव हुँदा के हुन्छ भन्ने भारतबाट सिकौँ ।

Global Ime bank

प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका ध्यान देलान् भन्ने अपेक्षा गर्ने आधार त छैन तर अब पनि गम्भीर भएनन् भने उनले जितेको संसदीय लडाइँ अन्ततः हारमा परिणत हुनेछ । कोभिडको महमारीलाई पनि कमाउने मौका बनाउनेहरूबाट उनी घेरिएका जो छन् ।  

‘कमिसन काण्ड’ले अलमलिएको खोप खरिददेखि अस्पतालमा शय्या र अक्सिजनको अभाव, अत्यावश्यक मानिएको ‘आइसोलेसन’ केन्द्र तथा ‘क्वारेन्टिन’को प्रबन्धजस्ता विषयमा सरकारको ध्यान तत्काल जानु आवश्यक देखिन्छ । निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन निर्देशन दिने सरकारले आफू केही त गरेर देखाओस् !
  
हुनत, मन्त्रिपरिषद्मा पुरानै अनुहार दोहोरिएकाले कार्य शैली र प्राथमिकता बदलिने धेरै सम्भावना देखिँदैन । तैपनि, भयावह महामारीको चपेटामा परेका जनताले त्राणका लागि सरकारसँग अपेक्षा गर्नु अपराध त होइन नि !

प्रधानमन्त्रीका रूपमा खड्गप्रसाद ओलीका पछिल्ला तीन वर्ष जनताका लागि दुःस्वप्नका रूपमा बिते । उनको अहङ्कार र दम्भबाट शासन संयन्त्र, संविधानको भावना, अक्षर तथा लोकतान्त्रिक मूल्य मान्यता विधि र नैतिकता सबै क्षतविक्षत भएका छन् । अब बाँकी समय कम्तीमा महामारीको कहरबाट जनतालाई जोगाउन ध्यान दिउन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC