site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एलन मस्कले ‘बिटकोइन’ बारे किन अचानक आफ्नो धारणा बदले 
Sarbottam CementSarbottam Cement

वाशिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले अचानक क्रिप्टोकरेन्सी ‘बिटकोइन’ सम्बन्धी आफ्नो धारणा बदल्दै सबैलाई आश्चर्यमा पारेका छन् । यसअघि उनले आफ्नो कम्पनीले एक अर्ब बराबरको बिटकोइन खरिद गरेको घोषणा गरेका थिए जस लगत्तै बिटकोइनको मूल्य आकाशिन पुगेको थियो । यहाँसम्मकी उनले टेस्लाको गाडी खरिद गर्न समेत बिटकोइन प्रयोग गर्न सकिने बताएका थिए । तर सो घोषणा गरेको दुई महिना नबित्दै उनले आफ्ना तिनै वचनलाई खण्डन गरेका छन् । 

बिहीबार उनले बिटकोइन सम्बन्धी अलगै धारणा व्यक्त गरेपछि यसबारे सामाजिक संजालभर अधिक चर्चा सुरु भएको छ ।

बिटकोइनको कारोबारले अत्याधिक ऊर्जा खपत् गर्ने हुनाले वातावरणका लागि राम्रो नभएकामा चिन्ता जनाउँदै उनले टेस्ला खरिद गर्दा अब बिटकोइनको प्रयोग गर्न नपाइने  बताएका हुन् । उनको यस भनाइसँगै बिटकोइनको भाउ अचानक १० प्रतिशतले घटेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मस्कले बुधबार ट्वीट गर्दै लेखेका हुन्, “क्रिप्टोकरेन्सी धेरै स्तरमा राम्रो व्यवसायिक योजना हो र यसको भविष्य उज्वल छ भन्ने हामी सबैको विश्वास छ । तर यस वापद् वातावरणले ठूलो मूल्य चुकाउनुपर्ने कुरा भने स्वीकार्य हुनेछैन । ” बिटकोइनकै कारण पछिल्ला केही महिना ऊर्जा खपत्को मात्रा अकल्पनीय स्तरमा बढेको समेत उनले ठहर गरेका हुन् । 

टेस्ला कम्पनीले गत फेब्रुअरीमा आफूले १.५ अर्ब डलर बराबरको बिटकोइन खरिद गरेको घोषणा गरेको थियो । यो खबरसँगै डिजिटल करेन्सीको बजार अति उच्च बिन्दुमा पुग्यो । 

Global Ime bank

तर यसले वातावरणमैत्री प्रविधिको पक्षमा रहेका अर्बपति मस्कको छविलाई विवादित तुल्याएको थियो । टेस्लाका केही लगानीकर्ता सहित वातावरणवादी अभियन्ताहरुले बिटकोइनको ऊर्जा खपतबारे आलोचना गरेका हुन् । 

यस्तोमा मस्कले आफू पनि उनीहरुको यस चिन्ताबारे गम्भीर रहेको बताउँदै कार्बन उत्सर्जन विरुद्धको पक्षमा उभिने बताए ।

मस्कका अनुसार उनीहरुले आफूसँग भएका बिटकोइन अब दिगो ऊर्जाका श्रोतहरुमा खर्च गर्नेछन् । उनको यस बदलिँदो धारणालाई केही लगानीकर्ताहरुले स्वागत गरेका छन् भने कतिले चाहिँ आश्चर्य जनाएका हुन् । 

हालसम्म बिटकोइन मार्फत टेस्लाको गाडी खरिद गरिएको छ छैन भन्नेबारे मस्कले कुनै खुलासा गरेका छैनन् र कम्पनीले पनि प्रतिक्रिया दिएको छैन । तर यति भनिरहँदा पनि क्रिप्टोकरेन्सी प्रतिको आफ्नो विश्वास भने कायम नै रहेको उनले मस्कले स्पष्ट पारेका हुन् र अब आफूहरुले बिटकोइन भन्दा कम ऊर्जा खर्च गर्ने क्रिप्टोकरेन्सीको खोजी गरिरहेको बताए ।  
रोयटर्स 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC