site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वैज्ञानिक भन्छन्– कोरोनाभाइरस प्रयोगशालाबाट लिक भएको कुरालाई अस्वीकार गर्न सकिँदैन
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

लन्डन । कोरोनाभाइरसको उत्पत्ति कसरी भयो भन्ने कुरा प्रष्ट नभइसकेकाले भाइरस प्रयोगशालामा बनाइएको मान्यतालाई अस्वीकार गर्न नसकिने वैज्ञानिकहरुले बताएका छन् ।

१८ अग्रणी वैज्ञानिकहरुले साइन्स जर्नलमा एक लेख लेख्दै प्रयोगशालामा भाइरस बनाइएको सिद्धान्तलाई गलत साबित गर्ने प्रमाण नभेटिएसम्म यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“महामारीको उत्पत्तिको विषय पत्ता लगाउन थप अनुसन्धान आवश्यक छ,” लेखमा उल्लेख छ, “प्रयोगशालाबाट दुर्घटनावश लिक भएको र जुनोटिक स्पिलओभर (जीवबाट सर्ने)का कारण संक्रमण फैलिएको भन्ने दुवै मान्यता व्यावहारिक छ ।”

सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको यो भाइरसका कारण विश्वभर ३३ लाख ४० हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् भने अर्बौँ डलर बढीको क्षति भएको छ ।

Global Ime bank

भाइरसको उत्पत्तिका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानले भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको सिद्धान्तमा सन्तुलित विचार राख्न नसकेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् । गत जनवरी र फेब्रुअरीमा विश्व स्वास्थ्य संगठन र चिनियाँ विज्ञहरुले चार हप्तासम्म भाइरसको उद्गमस्थल मानिएको वुहान सहरमा अध्ययन गरेका थिए । उक्त अध्ययनले भाइरस चमेराबाट अर्को जनावर हुँदै मान्छेमा संक्रमण भएको सम्भावना उच्च रहेको निष्कर्ष निकाल्दै प्रयोगशालामा भाइरस बनाइएको सम्भावना ज्यादै नगन्य रहेको बताइएको थियो ।

भाइरसको उत्पत्तिलाई लिएर धेरै कन्स्पिरेन्सी थ्योरीहरु सार्वजनिक भएका छन् । तर, कुनै पनि सिद्धान्त पुष्टि भएको छैन । केही पश्चिमा देशहरुमा एसियालीविरोधी भावनाले उग्र रुप लिइरहेको छ ।

“यद्यपि, आफ्नो जीवन दाउमा राखेर भाइरस संक्रमणको विविध जानकारी दिने पनि चिनियाँ डाक्टर, वैज्ञानिक, पत्रकार र नागरिक हुन् भन्ने कुरा बिर्सनु हुन्न,” लेखमा वैज्ञानिकहरुले उल्लेख गरेका छन् । रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC