site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ऋणी ग्राहकलाई ब्याजमा सहुलियत दिन सदस्य संस्थालाई लघुवित्त संघको अपिल
Sarbottam CementSarbottam Cement

काठमाडौं । लघुवित्त वित्तिय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स एसोसिएसनले संस्थाको ऋणी सदस्यरुलाइ संस्थागत क्षमता अनुसार ब्याज छुट दिन आग्रह गरेको छ । वैशाख २८ गते मंगलबार बसेको संघको बैठकले कोभिड १९ को दोस्रो लहर जटिल संक्रमाणकालीन अवस्थामा रहेको भन्दै ऋणी सदस्यहरुलाई ब्याजदरमा छुट दिएर सहुलियत दिने निर्णय भएको संस्थाका अध्यक्ष बसन्त लम्सालले बताए ।

यस्तै कर्मचारी र ग्राहक सदस्यको स्वास्थ्य सुरक्षाको लागि आवश्यक सतर्कता अपनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार मापदणको पूर्ण पालना गर्दै आवश्यक सेवा दिने निर्णय भएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै निषेधाज्ञा जारी भएको जिल्ला र स्थानीय तहमा केन्द्र बैठक र सदस्य भेटघाट कार्यक्रम नगर्ने ग्राहकलाई आवश्यक सेवा ग्राहक र कर्मचारी दुबै सुरक्षित हुने गरी प्रदान गर्ने निर्णय भएको उनले बताए । यस्तै सम्भव भएसम्म विद्युतिय माध्यमबाट बचत र किस्ता असुल गर्ने निर्णय भएको एसोसिएनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिडका कारण पीडित संस्थाका सदस्य र उसको परिवार, सर्वसाधारण र संक्रमितको उपचारमा संलग्न स्वास्थ्य संस्था र अन्य सम्बन्धीत निकायलाई सघाउने निर्णय गरेको छ । त्यसको लागि ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोषलाई परिचालन गर्ने निर्णय भएको अध्यक्ष लम्सालले बताए ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC