site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
देशभर आज कोभिड संक्रमणको अवस्था कस्तो रह्याे ?
पछिल्लाे २४ घण्टाकाे संक्रमणकाे अवस्था ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८ हजार ९६० जना कोभिड संक्रमित थपिएका छन् । २० हजार २४५ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा झन्डै ९ हजारमा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोभिड संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार ९९१ पुगेको छ भने अहिले सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ । विगत २४ घण्टामा ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् भने ४९७ जना क्वारेन्टिनमा रहेका छन् । 

पछिल्लो समय संक्रमित हुनेहरुमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै छन् । उपत्यकाका तीन जिल्लामा मात्रै आज ३ हजार ५६२ जना संक्रमित थपिएका छन् । 

Global Ime bank

त्यस्तै उपत्यकाबाहिर रुपन्देहीमा सबैभन्दा बढी ५११ जना नयाँ संक्रमित थपिएका छन् । कैलालीमा ३७०, मोरमा ३५८, झापामा २५८, चितवनमा २९३, कास्कीमा २३७, दाङमा २१७, बाँकेमा २५२, कञ्चनपुरमा, धनुषामा २०४ जना संक्रमित थपिएका हुन् । 

अन्य जिल्लामा भने नयाँ संक्रमितको संख्या २ सयभन्दा कम छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ बर्षका नागरिक २ हजार ६१ जना छन् । त्यस्तै २० देखि २९ बर्षका १ हजार ९४९ जना, ४० देखि ४९ बर्षका १ हजार ६०० जना , ५० देखि ५९ वर्षका १ हजार २०७ जना, ६० देखि ६९ वर्षका ७०३ जना, ७० देखि ८९ वर्षका ३१९ जना, ८० देखि ८९ उमेर समूहका ९७ जना, ९० देखि १०० वर्षसम्मका १९ जना र उमेर नखुलेका ५४ जना रहेका छन् । 

त्यस्तै पछिल्लो २४घण्टामा ९ वर्ष मुनिका बालबालिका २०८ जना र १० देखि १९ वर्षका ६२५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याक छ । 

देशभर आईसीयू कक्षमा उपचारमा रहेका १ हजार ३८१ मध्ये  २०५ जना काठमाडौं उपत्यकामा रहेका छन् । त्यस्तै ३८० जना भेन्टीलेटरमा उपचार गराई रहेकामा ९२ जना उपत्यकाका तीन जिल्लामा रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC