site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

स्वास्थ्य सङ्कटकाल घोषणा त गरिएको छैन तर चरम सङ्कटका सबै लक्षण देखिइसकेको छ । राजधानीकै अस्पतालमा अक्सिजन नपाएर बिरामी मर्ने, अस्पतालले बिरामी लिन नमान्ने वा भर्ना भएकालाई पनि अन्यत्र लैजान भन्ने अवस्था सङ्कटै त हो । 

देशका प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्व भने सत्ताको खेलमा लागेको छ । स्थायी सरकार भनिने प्रशासन संयन्त्र अक्सिजन नपाउने बिरामीको ‘निवेदन’ पर्खेर बसेको छ । यसैले राष्ट्रिय प्रयासले मात्र नेपालले महामारीबाट मुक्त हुनसक्ने देखिन्न ।

देशभित्र सङ्क्रमितको उपचार र हेरचाहका लागि आवश्यक चिकित्सा सामग्री, उपकरण, औषधि, चिकित्साकर्मी र अरू साधन स्रोतको अभाव छ । राज्यसँग स्रोत साधन नभएकाले यस्तो अभाव भएको भने होइन । राज्यको ढुकुटीमा महामारी नियन्त्रण गर्न पर्याप्त रकम छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपालमा महामारी ‘नियन्त्रण’मा छ भने पनि संसारले यहाँको वास्तविकता थाहा पाइसकेको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ‘ह्युमन राइटस् वाच’ले नेपाल सरकारलाई महामारी नियन्त्रण गर्न आह्वान गरेसँगै अमेरिकी संसद्मा पनि नेपालको अवस्थाप्रति चिन्ता प्रकट गरिएको छ ।

चीनले त चिकित्सा सामग्री र कोभिड-१९ विरुद्धको खोप दिइसकेको छ र आवश्यक अरू सहयोग दिने तत्परता देखाएको छ । भारतले पनि अनुदानमा दिएको खोपबाहेक अरू सहयोग पनि दिएको छ । महामारी भयावहरूपमा फैलिएकाले सहयोग अपर्याप्त भएको हो ।

Global Ime bank

विपत्तिका बेला नेपालीलाई सहयोग गर्ने सद्भाव संसारका धेरै मुलुकले देखाउनेछन् । विसं २०७२ सालको भूकम्पका बेलामा त्यस्तो सद्भावको झलक देखिएकै हो । हुनत, अहिले संसारका सबै देशमा कोभिड-१९ को सङ्क्रमणबाट पीडित छन् तर नेपालका लागि मानवीय सहयोग गर्न अमेरिका, चीन, भारतलगायतका मित्र राष्ट्रले पक्कै आनाकानी गर्नेछैनन् ।

अब सबैभन्दा पहिले सरकारले फोस्रो आडम्बर र दम्भ छाडेर देशमा मानवीय सङ्कट भएको सत्य स्वीकार गर्नुपर्छ । अवस्था नियन्त्रण छैन ।  यसैले कोभिड(१९ को सङ्क्रमणका कारण देश मानवीय सङ्कटमा भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय समुदायसँग सबै प्रकारको सहयोगको अपिल गरिहाल्नुपर्छ ।

यस्तै विदेशमा रहेका नेपाली र नेपाललाई माया गर्ने समुदायसम्म पनि मानवीय सङ्कटको सन्देश पठाइयोस् । उनीहरूबाट हुने कुनै पनि प्रकारको प्राण रक्षक चिकित्सा सहयोग नेपालसम्म सहजरूपमा आइपुग्ने व्यवस्था सरकारले मिलाओस् । तिनलाई कर्मचारीतन्त्रले नियम कानुनका झन्झट देखाएर दुःख नदेओस् ।  

मानवीय सङ्कट सबैलाई पर्छ । यथार्थ लुकाउने पाखण्ड गरेर  जनतालाई  झन् महाविपत्तिमा धकेल्नु गर्वको नभएर ग्लानिको विषय हुनेछ । यसैले सरकारले मानवीय सङ्कट घोषणा गरी अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गर्न ढिलो नगरोस् । हतारिँदामात्र हैन ढिलाउँदा पनि पछुताउनु पर्छ भन्ने हेक्का रहोस् !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC