site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एलसी नखोली टीटीबाट आयात गर्दा राष्ट्र बैंकले सटही सुविधा बढायो
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी नखोली हुने आयातलाई सहजीकरण गर्न भुक्तानी सीमा बढाएको छ । राष्ट्र बैंकले ‘ड्राफ्ट/टीटी’ को माध्मबाट हुने वस्तु आयातको लागि सटही सुविधाको सीमा बढाएको हो ।

एकपटकमा बढीमा ३५ हजार डलर बराबरको वस्तु मात्रै ड्राफ्ट तथा टीटीको माध्यमबाट आयात गर्न सकिने व्यवस्था रहेको थियो । तर, राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले आज एक परिपत्र जारी गर्दै त्यसलाई बढाएर एक लाख डलरसम्मको वस्तु ड्राफ्ट र टीटीको माध्यमबाट आयात गर्न सकिने व्यवस्था गरेको छ ।

Agni Group

यद्यपि, टीटीमार्फत सटही प्रदान गर्दा २५ हजार डलरभन्दा बढीको सटहीमा भने लाभग्राहीको ‘बिजनेस क्रेडिबिलिटी इन्फरमेसन’ राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सिफारिसमा गरेको कोभिड–१९ सम्बन्धी औषधिजन्य तथा स्वास्थ्य उपकरणको भने एउटै बिजकबाट एक लाख डलरसम्म टीटीको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । सोभन्दा बढीको आयातमा भने स्वास्थ्य सेवा विभागको सिफारिसमा राष्ट्र बैंकको अनुमति लिनुपर्ने हुन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC