site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा दुई वर्षमाथिका बालबालिकामा कोभिडको खोप परीक्षण गर्न अनुमति
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतमा २ देखि १८ वर्षसम्मको उमेर समूहमा भारत बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण हुने भएको छ । मंगलबार यहाँको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)ले २ वर्षमाथिका व्यक्तिहरुमा खोप परीक्षण गर्न अनुमति दिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

यसअघि क्यानडा र अमेरिकाले यो उमेर समूहमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरेको थियो । एम्स दिल्ली, एम्स पटना र मेडिट्रिना इन्स्टिच्युट अफ साइन्सेजका ५२५ जनामा खोप परीक्षण गरिने समाचारमा उल्लेख छ ।

Agni Group

सीडीएससीओका विज्ञहरुले तेस्रो चरणको परीक्षणको अनुमति लिनुअघि डेटा एण्ड सेफ्टी मनिटरिङ (डीएसएम)लाई दोस्रो चरणको परीक्षणको नतिजा बुझाउन पनि निर्देशन दिएको छ । यसअघि गएको फेब्रुअरी २४ मा भारत बायोटेकले परीक्षणका लागि प्रस्ताव राखेपछि उसलाई क्लिनिकल ट्रायलका लागि तयार गरिएको मापदण्ड पेश गर्न निर्देशन दिइएको थियो ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्को सहयोगमा भारत बायोटेकले भारतमा नै खोप उत्पादन गरिरहेको छ । यो खोप अहिले भारतमा १८ वर्ष माथिका व्यक्तिहरुलाई दिइँदै छ । बालबालिकाहरुका लागि कोरोना खोप प्रयोगको अनुमति दिने क्यानडा पहिलो राष्ट्र हो । क्यानडा र अमेरिकामा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति दिइएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC