site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दा भिन्सीको सानो भालुको चित्र १६ मिलियन डलरमा बिक्री हुँदै 
Ghorahi CementGhorahi Cement

लन्डन । विश्वप्रख्यात चित्रकार लिओनार्दो दा भिन्सीले बनाएको एउटा सानो भालुको चित्र १६ मिलियन अर्थात् एक करोड ६० लाख डलरभन्दा धेरैमा रकममा बिक्री हुन लागेको छ ।

यो कला निजी रुपमा बाँकी रहेको लिओनार्दोले बनाएका आठ चित्रहरुमध्येको एक भएको यसको लिलामी आयोजना गर्ने कम्पनी क्रिस्टिजले जनाएको छ ।

Agni Group

केबल आठ इन्च आकारको उक्त चित्र हलुका गुलाबी रङको कागजमा ‘सिल्भरपोइन्ट’ प्रविधिको प्रयोग गरी बनाइएको छ । ‘सिल्भरपोइन्ट टेकनिक’ दाभिन्सीले आफ्ना मास्टरबाट सिकेका थिए, जसमा रासायनिक कागजमा चिह्न लगाइ सिल्भर रड या वायरको प्रयोग गरी चित्र कोरिन्छ ।

यतिका दशकसम्म आइपुग्दा सो चित्र धेरैको हातमा परिसकेको बताइएको छ । क्रिस्टिज लिलामी घरले नै यसलाई सन् १८६० मा आजको केबल ४३९ डलरमा बिक्री गरेको थियो ।

Global Ime bank

‘हेड अफ अ बियर’ शीर्षकको उक्त चित्र त्यसै समयदेखि लन्डनको नेसनल ग्यालरीलगायत विभिन्न प्रमुख संस्थाहरुमा प्रदर्शनका लागि राखिँदै आएको छ । यस चित्रलाई दा भिन्सीको अत्यन्तै महत्वपूर्ण काम बताइने गरिएको छ, जसमा उनको आफ्नो असली हस्ताक्षर पनि रहेको छ । यसै महिनाको अन्त्यमा यो चित्रलाई हङकङस्थित प्रदर्शनीमा राख्ने बताइएको छ । त्यसपछि फेरि लन्डन ल्याइ एक करोड ६८ लाखसम्म सेलमा बिक्री हुने अपेक्षा गरिएको छ ।

लिओनार्दो दा भिन्सीको सबैभन्दा महँगोमा बिक्री हुने चित्र, ‘हर्स एन्ड राइडर’ २००१ मा एक करोड १२ लाख डलरमा बिक्री भएको थियो । अब जुलाईमा हुने यो लिलामीले नयाँ रेकर्ड राख्न सक्ने क्रिस्टिजको विश्वास छ । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC