site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संघर्ष रोक्न इजरायल र प्यालेस्टाइनलाई विश्व समुदायको आग्रह
Ghorahi CementGhorahi Cement

जेरुसेलम । पछिल्लो केही दिनदेखि जारी संघर्ष रोक्न इजरायल र प्यालेस्टाइनलाई विश्व समुदायले आग्रह गरेका छन् । अमेरिका, बेलायत र युरोपेली संघलगायतले यी दुई देशलाई संघर्ष रोकेर शान्ति कायम राख्न अपिल गरेका बीबीसीले जनाएको छ ।

सोमबार राति प्यालेस्टिनी विद्रोहीहरुले जेरुसेलममा रकेट आक्रमण गरेपछि इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरेको जनाइएको छ । इजरायली हवाई हमलामा परी तीन बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । इजरायली सेनाले भने चमपन्थी संगठन हमासका कम्तीमा तीन नेताहरु मारिएको दाबी गरेको छ ।

Agni Group

सोमबार जेरुसेलमस्थित मस्जिदमा इजरायली प्रहरीसँगको झडपमा सयौँ प्यालेस्टिनी घाइते भएपछि हमासले आक्रमणको धम्की दिएको थियो । जेरुसेलम र वेस्ट ब्यांकमा इजरायली सुरक्षा फौजसँगको झडपमा हालसम्म कम्तीमा ७०० प्यालेस्टिनी नागरिक घाइते भएका मानवतावादी संगठन प्यालेस्टिनी रेडक्रस सोसाइटीले जनाएको छ ।

जेरुसेलमको विषयलाई लिएर यी दुई देशबीच लामो समयदेखि तनाव जारी रहे पनि सोमबारपछिको अवस्थालाई भने गम्भीर रुपमा हेरिएको छ । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा इजरायलले प्यालेस्टिनीहरुलाई प्रतिबन्ध लगाएपछि तनाव बढेको हो । इस्लाम धर्ममा यो मस्जिदलाई तेस्रो सबैभन्दा पवित्रस्थलका रुपमा लिइन्छ । केही पिँढीदेखि यही क्षेत्रलाई लिएर संघर्ष भइरहे पनि जेरुसेलमको मुख्य हिस्सा इजरायलले नियन्त्रणमा लिएको छ ।

Global Ime bank

रकेट आक्रमण गर्न हमासलाई रोक लगाउनुपर्ने भन्दै  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले शान्तिका लागि दुवै पक्ष केही कदम पछि हट्नुपर्ने बताएका छन् । यसैगरी, बेलायती विदेशसचिव डोमिनिक रबले रकेट हमला रोक्नुपर्ने भन्दै सर्वसाधारण लक्षित हमलाहरु बन्द गर्न आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC