site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कुनै चमत्कार नभए प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत नपाउने स्पष्ट देखिइसकेको छ । त्यसपछि देशले लिने दिशाको निर्धारणमा धेरै हदसम्म राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका निर्णायक हुने देखिन्छ । 

नेपालको संविधान, २०७२ मा  विशेष भूमिका दिइएकाले राष्ट्रपति निर्णायक हुनसक्ने भने होइन । यस्तै, संसदीय अभ्यासमा अन्योल हुने भएकाले पनि राष्ट्रपतिको तजबिज निर्णायक हुने देखिएको पनि होइन ।

नैतिक दायित्व पटक्कै नलिने र सत्तामा रहन संविधान, लोकतान्त्रिक मूल्यमान्यता मिच्न पटक्कै नहिचाउने खड्गप्रसाद ओली प्रधानमन्त्री छन् । अनि राष्ट्रपति भण्डारीले उनका असंवैधानिक कदममा समेत साथ दिँदै आएकी छन् । यसैले उनको भूमिकाप्रति सबैको ध्यान गएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अल्पमतमा परिसकेपछि पनि सरकारमा बसिरहन प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले संविधान र लोकतान्त्रिक मूल्य तथा संसदीय अभ्यासका अक्षर एवं भावनाविपरीत साथ दिने सन्देह सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकट भइरहेको छ । लुम्बनी प्रदेशमा भएको कलङ्कित अभ्यास दोहोरिने सन्देह निराधार पनि त छैन ।  

नियतिले राष्ट्रपति भण्डारीलाई उनले सम्भवतः कहिल्यै नचिताएको जिम्मेवारी दिएको छ । तर, राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीले अहिलेसम्म ‘संविधानको पालना र रक्षा’गर्ने आफ्नो धर्मप्रति न्याय गर्नसकेको देखिएको छैन ।

Global Ime bank

परन्तु, अहिले उनलाई इतिहासले बिरलै पाइने अवसर दिएको छ । उनले आफ्नो धर्म पालना गर्न कसैमाथि अन्याय गर्नु पनि पर्दैन । प्रधानमन्त्री ओलीको असंवैधानिक र असंसदीय कपट खेलमा मतियार नभइदिएमात्र पुग्छ । 

संविधानमा सरकार गठन र विघटनका बुँदा स्पष्टरूपमा उल्लेख भएको छ । लोकतन्त्र र संसदीय अभ्यासले पनि स्पष्ट मार्ग दर्शन गरेकै छन् । तिनको अक्षर र भावनाको अनुसरण गरिदिएमात्र पनि राष्ट्रपति भण्डारी कलङ्कबाट जोगिनेछिन् । 

राष्ट्रपति भण्डारीले ओलीको गुन तिर्न राष्ट्र र इतिहाससँग विश्वासघात नगरून् ! उनले केपी ओलीमाथि अन्याय गर्न पनि पर्दैन । संसदीय संख्याको खेल सहजरूपमा होस् तर त्यसमा कपट मिसिन नपाओस् । 

इतिहासले कसैलाई बिरलै दिने अवसर र धेरै लिइरहने परीक्षामा सफल हुन नेपालकी राष्ट्रपति विद्यादेवीलाई आफ्नो संवैधानिक भूमिकाप्रति इमानदार भए पुग्छ । राष्ट्रपति भण्डारीबाट सत्ताको खेलमा निष्पक्ष रहनुपर्ने संवैधानिक धर्म पालनाको अपेक्षा देशले गरेको छ । हेक्का रहोस् - धर्मो रक्षति रक्षितः ! 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC