site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अफगानिस्तानमा विद्यालयनजिकै विस्फोट, कम्तीमा ३० जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

काबुल । अफगानिस्तानको एउटा विद्यालयनजिकै बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । राजधानी काबुलस्थित एक माध्यमिक विद्यालयनजिकै भएको उक्त विस्फोटमा दर्जनौँ घाइते भएका बीबीसीले जनाएको छ ।

शनिबार विद्यार्थीहरु विद्यालयबाट निस्किरहेको बेला विस्फोट भएको थियो । मृत्यु हुनेहरुमा अधिकांश छात्राहरु रहेका यहाँको शिक्षा मन्त्रालयकी प्रवक्ता नजिबा आरियानले बताएकी छन् ।

Agni Group

सुन्नी मुस्लिम लडाकुहरुको प्रभाव रहेको दश्त–ए–बर्ची क्षेत्रमा भएको सो हमलाको अहिलेसम्म कुनै विद्रोही समूहले जिम्मेवारी लिएको छैन । आक्रमण कसलाई लक्षित गरी भएको थियो भन्ने पनि पुष्टि हुनसकेको छैन । तालिबानले घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।

घटनाका साक्षीहरुका अनुसार तीनवटा छुट्टाछुट्टै विस्फोट भएको थियो । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सेना फिर्ता गर्ने तयारी गरिरहँदा यो आक्रमण भएको हो । अमेरिकाले सेप्टेम्बर ११ भित्र आफ्ना सेना फिर्ता गर्ने तयारी गरेको छ ।

Global Ime bank

विस्फोटमा एउटा कार बम र मोर्टार (एक किसिमको हतियार) प्रयोग भएको हुन सक्ने अफगानी अधिकारीहरुले बताएका छन् । पश्चिम काबुलको उक्त क्षेत्रमा अल्पसंख्यक हजारा समुदायको बसोबास रहेको छ । गत वर्ष सोही क्षेत्रमा एउटा स्थानीय अस्पतालमा आक्रमण हुँदा महिला, बालबालिका र शिशुसहित २४ जनाको मृत्यु भएको थियो ।

हमलाको अन्तर्राष्ट्रिय समुदायले भर्त्ना गरेको छ । अमेरिकाले एक विज्ञप्ति जारी गर्दै निर्दोष नागरिकको हत्या तत्काल रोक्न आह्वान गरेको छ भने युरोपेली संघले विद्यार्थीमाथिको हमलालाई अफगानिस्तानको भविष्यमाथिको हमला भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC