site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोडेर्नाको बुस्टर खोप कोरोना भेरियेन्ट विरुद्ध प्रभावकारी पुष्टि 
Ghorahi CementGhorahi Cement

वासिङटन । हालैको प्रेस सम्मेलनमा अमेरिकाको मोडेर्नाले कोरोना विरुद्धको खोपको नयाँ बुस्टर डोज सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन बुस्टर अधिक आवश्यक हुन सक्ने विज्ञहरुले बताइरहेका छन् । यस रिसर्चका आधारमा बुस्टर खोपले कोरोना भाइरसका भेरियेन्ट अर्थात् नयाँ स्वरुप विरुद्ध पनि राम्ररी काम गर्छ र बिरामी हुनबाट जोगाउन सक्छ भन्ने प्रमाणित भएको हो । 

विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाको नयाँ प्रकारले खोपको सुरक्षालाई निर्मुल पारि थप संक्रमण उत्पन्न गराउनेबारे चिन्ता जनाइरहेका छन् ।

Agni Group

यस्तोमा मोडेर्ना कम्पनीले हालका दुई डोजमा तीन तरिकाले खोपको तेस्रो डोज पनि थप गर्ने सम्बन्धी परीक्षण गरिरहेको छ ।

यसमा अहिले प्रयोग भइरहेका खोपको आधा डोजलाई तेस्रोका रुपमा प्रयोग गर्ने या बुस्टरलाई छुट्टै प्रयोग गर्न सकिने बताइएको छ । 

Global Ime bank

यो नयाँ तेस्रो डोजको खोप भेरियेन्ट बी.१.३५१ विरुद्ध काम गर्नेगरी विशेष प्रकारले डिजाइन गरिएको हुन्छ । सो भेरियेन्ट पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो । त्यस्तै मोडेर्नाले बुस्टर डोजलाई अहिलेका खोपमा मिसाउन सकिनेबारे पनि जाँच गरिरहेको छ । यसको नतिजा भने प्राप्त भइसकेको छैन । 

यी दुई वटै तरिका हाम्रो शरीरमा नयाँ भेरियेन्टहरु विरुद्ध  इम्युन प्रतिक्रिया बढाउनमा केन्द्रित रहेको बताइएको छ । मोडेर्नाले रिपोर्ट गरे अनुसार दुवै तरिकाले प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । 

अध्ययनमा बुस्टर खोप लगाएको दुई हप्ता पश्चात् सुई लगाइसकेका मानिसबाट लिइएको ‘सिरम’ ले ल्याबमा कोरोनाको नयाँ भेरियेन्टलाई निर्मुल पार्न सफल भएको पाइएको थियो । यसबारे दोस्रो चरणको अध्ययन हाल जारी छ र तेस्रो चरण सम्बन्धी नतिजा पनि आगामी महिनाहरुमा उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार अहिले प्रयोग भइरहेकै खोपको तीन डोज प्रयोग गर्दाको तुलनामा यो नयाँ बुस्टर खोप कोरोनाका भेरियेन्ट विरुद्ध बढी प्रभावकारी साबित भएको हो । टाइमबाट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC