site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँ खोप साइनोफ्रामले पायो डब्लूएचओको स्वीकृति
Ghorahi CementGhorahi Cement

बीबीसी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले चीनले निर्माण गरेको साइनोफ्राम खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । गैर पश्चिमी मुलुकको खोप डब्लूएचओबाट स्वीकृत भएको यो पहिलोपटक हो । 

यो खोप चीन लगायत विभिन्न देशहरुमा लाखौँलाई दिइसकिएको छ । डब्लूएचओले यो भन्दा अगाडि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्नाको खोपलाई स्वीकृत गरेको थियो । तर, गरिब मुलुक जस्तै अफ्रिका, ल्याटिन अमेरिका र एसियाका स्वास्थ्य निरीक्षकहरुले यसअघि नै चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृत गरि प्रयोगमा ल्याइसकेका छन् । 

Agni Group

सुरुवातमा एकदम कम डाटा मात्र सार्वजानिक गराएकाले चिनियाँ खोपको प्रभावकारीताबारे शंका व्यक्त गरिँदै आएको थियो । तर, डब्लूएचओले शुक्रबार साइनोफ्राम खोपको सुरक्षा, प्रभावकारीता अनि गुणस्तर सबै सुनिश्चित गराएको छ । 
यस निर्णयले विश्वव्यापी खोप अभियानको गति बढाउने र फ्रन्टलाइनमा खटिरहेका अनि जोखममा रहेका समूहलाई सुरक्षित राख्ने काममा तिव्रता दिने अपेक्षा रहेको डब्लूएचओले जनाएको छ । यो खोप १८ वर्ष भन्दा माथिकालाई दुईवटा डोजमा प्रयोग गर्न सकिन्छ । 

यसबाहेक चीनले नै निर्माण गरेको साइनोभ्याक खोपबारे पनि आगामी केही दिनमा निर्णय गरिने बताइएको छ । त्यस्तै रुसको स्पट्नीक खोपबारे पनि निरीक्षण भइरहेको छ । डब्लूएचओबाट खोप स्वीकृत हुनुको अर्थ सो खोपलाई यसको कोभ्याक्स कार्यक्रममा पनि प्रयोग गर्न सकिनेछ । धनी र गरिब राष्ट्रबीच खोपको वितरण बराबरी होस् भन्ने सुनिश्चित गर्न डब्लूएचओले गत वर्ष यो कार्यक्रम स्थापित गराएको थियो ।

Global Ime bank

साइनोफ्रामको खोप ७९ प्रतिशत प्रभावकारी भएको बताइएको छ । चिनियाँ खोपको सबैभन्दा ठूलो फाइदा भनेको यसलाई साधारण रेफ्रिजिरेटरमा २ देखि ८ डिग्रीको तापमानमा स्टोर गरि राख्न सकिन्छ । यो सहज स्टोरेज उपयोगीताले साइनोफ्रामलाई कम श्रोतसाधन युक्त क्षेत्रका लागि अति योग्य बनाइदिएको डब्लूएचओको भनाइ छ । पछिल्लो समय खोप आपूर्तिमा समस्या भएकाले धेरै देशमा खोप अभियान प्रभावित भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC