site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वका साढे १५ करोड मानिस भोकमरीको चपेटामा
Sarbottam CementSarbottam Cement

वासिङ्टन । गत वर्ष विश्वमा १५ करोड भन्दा धेरै मानिसले भोकमरीको समना गरेका संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । राष्ट्रसंघको १६ संगठनले तयार गरेका यो प्रतिवेदन अनुसार सन् २०२० मा विश्वका करिब १५ करोड ५० लाख मानिस चरम भोकमरीको सामना गरेका थिए । तिमध्ये करिब डेढ लाख जटिल अवस्थामा थिए । समयमा खानाको व्यवस्था नभएको भए उनीहरूको ज्यानै जानसक्ने प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदन विश्वको ९७ प्रतिशत जनसंख्या भएका ५५ राष्ट्रको अवस्थाका आधारमा तयार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यति ठूलो संख्यामा मानिसहरू भोकमरीमा पर्नुको मुख्य कारण कोरोना भाइरसको महामारीलाई मानिएको छ । सन् २०१९ मा विश्वका करिब १३ करोड मानिस भोकमरीको समस्यामा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

"विश्वमा अधिक खाद्य असुरक्षा सामना गरिरहेका मानिसको संख्या तीव्र रूपमा बढिहेको छ । त्यसमा यस्ता व्यक्तिको संख्या धेरै छ जसलाई तत्काल भोजन, पोषण र गुजाराका लागि आर्थिक सहायताको खाँचो छ," राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्रतिवेदन सार्वजनिक गर्दै भने । २१ औँ शताब्दीमा अनिकाल र भोकमरीलाई कुनै स्थान नभएको भन्दै गुटेरसले यसको समाधानका लागि संघर्ष गर्नुपर्ने बताए ।

भोकमरीको सामना गरिरहेका दुई तिहाई मानिस १० देशहरुमा मात्र छन् । यसमा यमन, सिरिया, सुडान, दक्षिण सुडान, बुर्किना फासो,  कंगो, अफगानिस्तान, नाइजेरिया, इथोपिया र जिम्बाबे रहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC