site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कहिले थामिएला भारतको चुनावी सभाले निम्त्याएको कोरोना सुनामी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको सोमबार भारतीय एक सरकारी वरिष्ठ अधिकारीले देशका कुनै पनि स्थानमा अक्सिजनको अभाव नरहेको दाबी गरे । तर, देशभर अक्सिजन, आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव भएको समाचार सार्वजनिक भइरहेका छन् ।

संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव भएका खबर भारतीय सञ्चार माध्यममा आइरहेकै छन् ।

केन्द्र सरकारका अधिकारीहरुले कतै पनि अक्सिजन अभाव नभएको जिकिर गरिरहँदा केन्द्रिय गृह मन्त्रालयका एक अधिकारीले माग अनुसार अक्सिजन आपूर्ति गर्न नसकिएको स्वीकारेको बीबीसी हिन्दीले जनाएको छ । उनका अनुसार अस्पताललाई समझदारीपूर्वक अक्सिजन प्रयोग गर्न निर्देशन दिइएको छ ।
 
अति जटिल अवस्थामा रहेका विरामीलाई मात्र अक्सिजन दिँदा समेत अभाव नटरेको चिकित्सकको भनाई छ । भारतमा हाल कायम रहेको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै विज्ञहरुले यसअघि नै बारम्बार चेतावनी दिएका थिए । स्वास्थ्य मामलासम्बन्धी संसदीय समितिले गएको वर्ष नोभेम्बरमै अक्सिजन र शय्या अभाव हुने भनी आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञहरुले समेत छिट्टै कोरोनाको सुनामी आउने चेतावनी दिएका थिए । यो वर्ष मार्चको सुरुवातमै पनि सरकारद्वारा गठित  वैज्ञानिकहरुको विशेषज्ञ टोलीले कोरोनाको अधिक संक्रामक भेरियन्टको बारेमा पूर्वचेतावनी दिएका थिए । यसका बाबजुद केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबद्र्धन गोयलले मार्च ८ मा छिट्टै कोरोना महामारी अन्त्य हुने घोषणा गरे ।
 
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बुधबार मात्रै भारतमा तीन लाख ८२ हजार तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा तीन हजार सात सय ८० संक्रमितको मृत्यु भएको छ  । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा करिब दुई साता यता दैनिक तीन लाखबढी कोरोना संक्रमित थपिइरहेको तथ्यांक छ ।

कोरोनाको संक्रमणदर बढिरहँदा अहिले भारतमा देशव्यापी लकडाउन गर्नुपर्ने माग उठेको छ । अहिलेसम्म  कम्तिमा ११ राज्य र केन्द्र शासित प्रदेशहरुमा मात्रै निषेधाज्ञा जारी गरिएको छ ।

Global Ime bank

भारतीय मेडिकल एशोसिएशन (आईएमए)ले कोरोना संक्रमणको चेन ब्रेक गर्न तत्काल देशव्यापी लकडाउन गर्नुपर्ने भनेको  छ । कोरोनाको चेन ब्रेक गर्नका लागि १५ दिन देशव्यापी लकडाउन गर्न हामी सरकारसँग अपिल गर्छौं, आईएमएका अध्यक्ष डा. सहजानन्द प्रसाद सिंहले भने । गएको वर्ष समयमै लकडाउन नगर्दा अमेरिकाले ठूलो मूल्य चुकाउनु परेको स्मरण गराउँदै उनले पहिल्यै यसबारे सोचेको भए अस्तव्यस्त स्वास्थ्य क्षेत्रको बोझ कम हुने बताए ।
 
सरकारका केही अधिकारीले छिट्टै महामारी अन्त्य हुने झुठा आश्वासन दिँदा विज्ञहरुले त्यसको ठीक उल्टो तेस्रो लहरको चेतावनी दिएका छन् ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजय राघवन अहिले जुन तरिकाले संक्रमण फैलिएको छ त्यसअनुसार कोरोनाको तेस्रो लहर आउने देखिएको बताउँछन् । कोरानाको तेस्रो लहर कहिले सुरु हुन्छ भनी यकिन गर्न नसकिए पनि स्वास्थ्य मापदण्ड पालना गर्दै यसका लागि तयार रहनुपर्ने उनको सुझाव छ ।
 
कोरोनाको नयाँ म्युटेन्टसँग लड्नका लागि खोपलाई समेत अपडेट गर्न आवश्यक रहे पनि त्यस्तो गर्न नसकिएको राघवन बताउँछन् । भाइरसको नयाँ फैलावट जस्तै मानिसले पालना गर्दै आएको स्वास्थ्य सावधानीमा समेत परिवर्तन गर्नुपर्ने उनको तर्क छ ।
कहाँ चुक्यो सरकार ?

गएको वर्ष सेप्टेम्बरमा भारतमा दैनिक संक्रमितको संख्या औषत ९० हजार थियो । स्वास्थ्य मापदण्डको पालना र लकडाउन लगायतका सावधानीपछि नयाँ वर्षको सुरुमा यो संख्या २० हजार भन्दा तल झर्‍यो । त्यस बेला प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनालाई परास्त गरेको घोषणा पनि गरे ।

धेरै सार्वजनिक स्थल खुला गरियो र मानिसहरुको चहलपहल बढ्यो । मोदीले मानिसलाई भौतिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह त गरिरहेकै थिए, तर उनी आफैंले भने कुनै मापदण्ड पालना नगरेको कुरा चुनावी सभाले पुष्टि गर्‍यो ।

पाँच राज्यमा चुनावी सभा गर्दा भौतिक दूरी कायम राख्ने विषयलाई कुनै पनि राजनीतिक दलले वास्ता गरेनन् । सभालाई सम्बोधन गर्दा न मोदी लगायत अन्य नेताले मास्क लगाए न त्यहाँ उपस्थित उनीहरुका समर्थकले नै ।

यसैबीच उत्तराखण्डको हरिद्वारमा लाखौं मानिस भेला हुने कुम्भ मेला सञ्चालन गर्न पनि सरकारले मन्जुरी दियो । त्यो मेलामा ९० लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ ।

सार्वजनिक नीति र जनस्वास्थ्यका जानकार डा. चन्द्रकान्त लहरियाले संक्रमण बढ्नुमा प्रधानमन्त्री मोदी स्वयं जिम्मेवार रहेको टिप्पणी गरेका छन् । मोदीको बोली र व्यवहारमा बेमेल देखिएको उनको जिकिर छ ।–एजेन्सीको सहयोगमा 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC