site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पछिल्लोपटकको बन्दाबन्दी निषेधाज्ञाका नाममा सुरु भएको छ । भारतको अवस्था हेर्दा नेपालमा कोभिड(१९ को सङ्क्रमण भयावह हुने जनस्वास्थ्यका जानकारहरूको चेतावनीलाई सरकारले निकै ढिलो पत्यायो । 

यसपटक महामारी फैलाउने विषाणु बढी आक्रामक र खतरनाक देखिएको थियो । त्यसको सामना गर्ने तयारी पनि विशेषप्रकारकै हुनुपर्थ्यो । तर, सरकारले भने पुरानै विफल उपायमात्र अपनायो । 

शासकहरू जनताको हितभन्दा कार्यान्वयन गर्न सजिलो उपाय खोज्छन् । त्यसैले बन्देज र निषेध नै तिनको पहिलो रोजाइ हुने गर्छ । अहिले पनि शासकको मति र छनाेट उस्तै देखियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसपटक त झन् नेपाल सरकारले निषेधाज्ञाको जिम्मा पनि सुरुमै स्थानीय प्रशासकको तजबिजमा छाडेको थियो । त्यसैले जिल्ला र जिल्लाभित्रका बस्तीहरूमा समेत चरणबद्धरूपमा निषेधाज्ञा लागू गरियो ।

पोहोर बन्दाबन्दीमा लागू गरिएका बन्देजको समीक्षा नै गरिएन । यसैले एकातिर जनसाधारणलाई असुविधा हुने र अर्कातिर सङ्क्रमणको जोखिम बढ्ने प्रकारका नियमसमेत लागू गरिएको हुनुपर्छ ।

Global Ime bank

उदाहरणका लागि अत्यावश्यक सामग्रीका पसलहरू बिहान दुई घन्टामात्र खोल्न दिने नियमले असुविधा र सङ्क्रमणको जोखिम झन् बढाएको छ । त्यसलाई जोखिम मुक्त बनाउन भने ध्यान दिएको देखिएन ।

दैनिक आवश्यकताका वस्तुको अभाव नहोस् भनेर अत्यावश्यक सामानका पसल  खोल्न दिइएको हुनुपर्छ । त्यसो हो भने त पसल धेरै बेर खुला राखे पो भिडभाड रोकिने थियो । 

बिहान केही बेरमात्र पसल खुल्ने हुनाले सबै एउटै समयमा किनमेल गर्न जानुपर्ने भयो । त्यसले जनसाधारणको असुविधाका साथै सङक्रमणको जोखिम पनि बढाएको छ । 

सजिलै किनमेल गर्न पाए भिडभाड गरेर जोखिममा पर्न कोही पनि चाहँदैन । पसलमा भिड नभए किन्ने र बेच्ने दुवैलाई सुविधा त हुन्छ नै सङ्क्रमणको जोखिम पनि कम हुन्छ ।

जनताको अहित हुनेगरी नियम लागू गर्दा एकातिर पालना गराउन कठिन हुन्छ भने अर्कातिर उद्देश्य पनि पूरा हुँदैन । विधि र निषेधको प्रबन्ध पनि जनताको हितमा केन्द्रित भएमात्र सफल हुन्छ ।

यसैले नियमहरू तर्कसङ्गत र व्यावहारिक हुनु आवश्यक हुन्छ । कोभिड(१९ को सङ्क्रमण रोक्न लागू गरिएका बन्देजहरूले पनि जनताको सुरक्षा र सुविधा खुम्च्याए भने विफल हुन्छन् ।

कर्मचारीलाई मात्र सजिलो हुनेगरी नियम बनाए जनताले छल्ने उपाय खोज्छन् । यसैले निषेधाज्ञामा लागू गरिएका बन्देजबाट परेको असरको समीक्षा गरेर त्यसमा जनताको सुविधा र सुरक्षा बढ्ने गरी सुधार गरियोस् ।

अत्यावश्यक सामग्रीका पसल खुल्ने समय तुरुनतै बढाउने र लामो दूरीमा जान चाहनेहरूलाई सजहरूपमा जानसक्ने प्रबन्ध मिलाउने गर्नुपर्ने देखिन्छ । नियम खुकुलो र नियमन कडा भएमात्र लागू हुनसक्छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC