site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको खोपमा बौद्धिक सम्पत्ति अधिकार नहुने प्रस्तावमा अमेरिकाको समर्थन
Sarbottam CementSarbottam Cement

वासिङ्टन । कोरोनाभाइरसविरुद्धको खोपलाई बौद्धिक सम्पत्ति अधिकार (पेटेन्ट राइट)अन्तर्गत नराख्ने विश्व व्यापार संगठनको अभियानमा अमेरिकाले समर्थन जनाएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयभन्दा फरक बाटो समाउँदै जो बाइडेनले विज्ञप्तिमार्फत् उक्त प्रस्तावको समर्थन गरेका हुन् । सन् २०२० को चुनावी अभियानमा खोपको सर्वाधिकारमा छुट दिने बताएका बाइडेनले बुधबार आफ्नो प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभर खोप उत्पादन बढाउन सहयोग पुग्ने भन्दै करिब ६० देशहरुले खोपको सर्वाधिकार हटाउन पछिल्लो ६ महिनादेखि प्रयास गरिरहेका छन् । उक्त प्रस्ताव स्वीकृत गराउन भारत र दक्षिण अफ्रिकाले विशेष पहल गरिरहेका छन् । तर, यसअघि ट्रम्प प्रशासनले व्यापार संगठनको यो प्रस्तावलाई छलफलमा अघि बढ्नबाट रोकेको थियो । बेलायत र युरोपेली संघसमेत ट्रम्पको पक्षमा देखिएका थिए ।

धेरै विकासशील देशहरुले सर्वाधिकार र अन्य बौद्धिक सम्पत्ति संरक्षण नियमहरुका कारण खोप उत्पादनमा जटिलता र यसले महामारी नियन्त्रण गर्न समेत समस्या परेको बताउँदै आएका छन् । खोपको बौद्धिक सम्पत्ति संरक्षण नराख्दा कम आय भएका देशहरुमा खोपको सहज आपूर्ति गर्न सकिनेछ । यद्यपि, विश्व व्यापार संगठनका सबै राष्ट्रहरुले प्रस्तावमा समर्थन जनाउन केही समय लाग्नेछ ।

Global Ime bank

प्रस्ताव अनुमोदन भएमा न्यून आय भएका देशहरुमा पनि कम मूल्यमा प्रभावकारी रुपमा खोप अभियान सञ्चालन गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रियससले अमेरिकाको पछिल्लो निर्णयलाई ‘ऐतिहासिक’ भन्दै कोरोनाभाइरसविरुद्धको लडाइँमा निकै महत्वपूर्ण क्षण भएको बताए ।

तर, औषधि कम्पनीहरुले भने बाइडेनको निर्णयमा असहमति जनाउँदै खोप आपूर्तिमा ‘पेटेन्ट राइट’ बाधक नभएको प्रतिक्रिया दिएका छन् । उनीहरुले यस्तो निर्णयले नयाँ औषधिको अन्वेषणमा असर गर्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC