site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अक्सिजन भर्ने क्रममा सिलिन्डर पड्किँदा भारतमा दुई जनाको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नयाँदिल्ली । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । के.टी. अक्सिजन प्लान्टमा सिलिन्डरमा अक्सिजन भर्ने क्रममा भएको सो विस्फोटमा कम्तीमा ७ जना घाइते भएका भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा एक प्लान्टका कर्मचारी र अर्का अक्सिजन भर्न आएका व्यक्ति रहेका छन् । त्यहाँ कार्यरत अन्य कर्मचारीहरू प्लान्टभित्र फसेका बताइएको छ । प्रहरीले उद्दारको प्रयास गरिरहेको छ । सिलिन्डरमा अक्सिजन भर्ने क्रममा चुहावट हुँदा विस्फोट भएको प्रहरीको अनुमान छ ।

कोरोना संक्रमणको दर बढेसँगै उत्तर प्रदेशसहित भारतका अन्य राज्यहरुमा अक्सिजनको अभाव बढेको छ । अक्सिजन नपाएर भेन्टिलेटरमा राखिएका धेरै कोरोनाका गम्भिर संक्रमितहरुले ज्यान गुमाइरहेका छन् । दैनिक भास्करबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC