site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जी-७ सम्मेलनका लागि बेलायत गएका भारतीय प्रतिनिधिमा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

लण्डन । ठूला अर्थतन्त्र भएका मुलुकहरूको समूह जी-७ को शिखर सम्मेलनका लागि बेलायत गएका भारतीय प्रतिनिधिमण्डल सेल्फ आइसोलेसनमा बसेको छ । प्रतिनिधि मण्डलका दुई सदस्यमा कोभिड-१९ पुष्टि भएपछि सबै प्रतिनिधि आइसोलेसनमा बसेका बेलायत सरकारलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

"हामीलाई गहिरो खेद छ कि विदेशमन्त्री जयशंकर आजको बैठकमा प्रत्यक्ष उपस्थित हुन असमर्थ हुनुहुन्छ । तर पनि उहाँ भर्चुअल माध्यमबाट बैठकमा सहभागी हुनुहुनेछ," एक वरिष्ठ बेलायती कुटनीतिज्ञले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेशमन्त्री शुब्रमन्यम जयशंकरलाई भने संक्रमण नभएको बताइएको छ । मंगलबार उनले बेलायती गृहमन्त्री प्रिति पटेलसँग भेटघाट गरेका थिए ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सामेल जी-७ मा भारत छैन । भारतसहित अष्ट्रेलिया, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका प्रतिनिधिमण्डललाई समूहले अतिथिका रूपमा आमन्त्रित गरेको छ । आगामी महिनाका लागि तय भएको जी-७ राष्ट्रको शिखर सम्मेलनका विषयमा यी देशका प्रतिनिधिहरू बेलायतमा छलफल गरिरहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC