site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङमा कोरोना सङ्क्रमितको ग्राफ बढ्दो, वैशाखका २१ दिनमा मात्र ३९ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

दाङ । दाङमा मंगलबार १०७ जनामा कोरोना संक्रमण देखिएको छ भने १० जना संक्रमितको मृत्यु भएको छ । जिल्ला आपतकाली कार्य सञ्चालन केन्द्रकाअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही सहित बुटवल, नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका मृतकमध्ये घोराहीका ५, तुलसीपुरका ३ र शान्तिनगरका २ जना रहेका केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए । 

Agni Group

घोराही उपमहानगरपालिका वडा नम्बर ४ का १ जना, वडा नम्बर १३ का २ जना, वडा नम्बर १५ का १ जना र वडा नम्बर १७ का १ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, १५ र १७ का एक–एक जना, शान्तिनगर गाउँपालिकाका २ जना संक्रमितको मृत्यु भएको अधिकृत अर्यालले बताए । 
यो सँगै यो वैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।

वैशाखको २१ दिनमा दाङमा १८ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभर अहिले १४ सय ३ जना सक्रिया कोरोनाका बिरामी छन् । जसमा १३ सय २२ जना संक्रमित घरकै आइसोलेसनमा बसेका छन भने ८१ जना आईसीयू र अक्सिजनसहितको बेडमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।

Global Ime bank

कोरोना विशेष अस्पताल बेलझुण्डिमा ५० जना उपचाररत छन् भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २६ जना बिरामी भर्ना भएका छन् । 
कोरोना संक्रमणबाट अहिले सम्म जिल्लामा मृत्यु हुनेको संख्या ८९ जना पुगेको छ । अहिलेसम्म जिल्लामा ५ हजार २ सय १८ जना कोरोनाबाट संक्रमित भएका छन भने निको हुनेको संख्या ३ हजार ८ सय ९६ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC