site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा चिडियाखानाका आठ सिंहमा कोरोना 
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतको एउटा चिडियाखानामा राखिएको आठ सिंहमा कोरोनाभाइरस संक्रमण भएको पाइएको छ । तेलंगना राज्यस्थित नेहरु जुलजिकल पार्क (एनजेडपी)मा राखिएको आठ सिंहमा कोरोना संक्रमण पुष्टि भएको सेन्टर फर सेलुलर एन्ड मोलिक्युलर बायोलोजी (सीसीएमबी)लाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

तर, एनजेडपीका निर्देशक डा. सिद्धानन्द कुक्रेतीले भने यो विषयलाई न पुष्टि गरेका छन् न अस्वीकार गरेका छन् । “सिंहमा कोरोनाको लक्षण देखिएको कुरा सत्य हो । तर, सीसीएमबीबाट परीक्षणको रिपोर्ट प्राप्त नभइसकेको अवस्थामा टिप्पणी गर्नु ठिक नहोला,” कुक्रेतीले भने ।

Agni Group

गत वर्ष अप्रिलमा अमेरिकाको एउटा चिडियाखानामा आठ बाघ र सिंहमा कोरोना पुष्टिपश्चात विश्वमा सिंहमा कोरोना देखिएको यो दोस्रो घटना हो । यद्यपि, हङकङमा कुकुर र बिरालोमा भने संक्रमण पुष्टि भएको थियो ।

स्रोतका अनुसार अप्रिल २४ मा एनजेडपीका पशु चिकित्सकले चार भाले र चार पोथी सिंहमा खाना नखाने, नाकबाट पानी बग्नेलगायत कोभिड–१९ को लक्षणहरु भेटेका थिए । यो चिडियाघर जनसंख्याको ठूलो चाप भएको सहरी क्षेत्रमा भएकाले अवलोकनकर्ता वा कर्मचारीबाट सिंहमा भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ ।

Global Ime bank

केही दिनअघि यहाँका २५ कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुई दिनअघि मात्र चिडियाखाना बन्द गरिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC