site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पश्चिम बंगाल चुनाव : ममता बनर्जी पराजित हुँदा तृणमूल कांग्रेसको शानदान जित सुनिश्चित
Sarbottam CementSarbottam Cement

कोलकता । भारतको पश्चिम बंगालमा भएको विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जी पराजित भएकी छिन् । नन्दीग्रामबाट चुनाव लडेकी तृणमुल कांग्रेस (टीएमसी)की नेतृ ममता बनर्जी भारतीय जनता पार्टी (भाजपा)का उम्मेद्वार सुवेन्दु अधिकारीसँग १ हजार ९५६ भोटको अन्तरले पराजित भएकी हुन् ।

टीएमसीका नेता अधिकारी चुनाव आउनै लाग्दा भाजपा प्रवेश गरेका थिए । पछिल्लो दुई वर्षमा टीएमसीका १६ विधायकसहित ३० नेता भाजपा प्रवेश गरेका छन् । यीमध्ये १२ विधायकसहित १९ नेताले यस निर्वाचनमा पराजय व्यहोरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बनर्जी पराजित भएपनि टीएमसीले भने शानदार जित हासिल गरेको छ । २९२ सिटका लागि भएको निर्वाचनमा समाचार तयार पार्दासम्म टीएमसीले २१० स्थानमा जित निकालेको छ भने भाजपा ७७ स्थानमा विजयी भएको छ । बाँकी स्थानमा पनि टीएमसी नै अघि रहेको यहाँको निर्वाचन आयोगलाई उदृत गर्दै भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

भाजपालाई जित दिलाउन प्रधानमन्त्री मोदीसहितका नेताहरुले ठूलो कसरत गरे पनि टीएमसीले शानदार जित निकाल्ने देखिएको हो । कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्डविपरित चुनावी र्याली निकाले पनि भाजपाले अपेक्षाकृत जित निकाल्न नसकेको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC