site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा एकैदिन ३ लाख ९२ हजारमा कोरोना संक्रमण, ३,६८९ को मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक साढे तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका छन् । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख १५ हजार ५४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोरोना संक्रमण भइसकेको छ ।

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । उपचारका लागि अक्जिनको अभाज दिल्लीमा नै देखिन थालेको छ । अक्सिजन अभावमा दिल्लीमा नै कोरोना संक्रमितको मृत्यु हुन थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

Global Ime bank

संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् । 

संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ । संक्रमितको उपचारका लागि भारतलाई अरु देशले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC