site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
के हो ‘भ्याक्सिन पासपोर्ट’ ? विदेशमा डिजिटल भ्याक्सिन पासको ट्रेन्ड बढ्दो 
Sarbottam CementSarbottam Cement

बीबीसी । पछिल्लो समय सबै देशका सरकारहरु अस्थाइ उपायका रुपमा मानिसहरुले कसरी सजिलोसँग आफ्नो कोभिड अवस्था देखाउन सक्छन् भन्ने खोजी गरिरहेका छन् । अहिलेका लागि भने कोभिडको सुइ लगाएपछि प्राप्त गरिने कार्डमा सबै मेडिकल रेकर्ड विस्तृतमा लेखिएको हुन्छ । तर यसमा उनीहरु कोरोना नेगेटिभ भएको या संक्रमित भइसकेपछि प्राकृतिक इम्युनिटी प्राप्त गरेको हो जस्ता जानकारी राख्न पनि आवश्यक छ जसकै लागि ‘भ्याक्सिन पासपोर्ट’ या ‘भ्याक्सिन पास’ बनाउने भनिएको हो । 

यसले विशेषगरी अन्तर्राष्ट्रिय भ्रमणलाई सजिलो बनाइदिनेछ । यसलाई अर्को नाम ‘कोभिड पासपोर्ट’ पनि दिइएको छ । बेलायत सरकारले केही समय अगाडि आफूहरु स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसँग यो उपाय अपनाउने सम्बन्धी कुरा अगाडि बढाइरहेको बताएको थियो । उता अमेरिकामा चाहिँ खोप लगाए नलगाएको सुनिश्चित गर्ने मोबाइल एपहरु बढ्दो रुपमा सञ्चालनमा आउन थालिसकेका छन् । ती एपलाई ‘डिजिटल कोभिड पास’ का रुपमा प्रयोग गरिएको छ । यसमा कोभिड सम्बन्धी आफ्नो डाटा देखाएपछि त्यही अनुरुप व्यक्तिलाई ठुल्ठुला कार्यक्रम या महत्वपूर्ण समारोहमा सहभागी गराइन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले नै थुप्रै प्राविधिक कम्पनीहरु, स्वास्थ्य सेवा प्रदायक र रिटेल स्टोर समेतले डिजिटल स्वास्थ्य पास निर्माण गर्नेमा काम गरिरहेका छन् । जस्तै न्युयोर्कमा मेडिसन स्क्वायर गार्डेन, खेलकुदका कार्यक्रम लगायत समारोहमा आइबीएमको ‘एक्सेलसियर’ एपको पास स्क्यान गरेर मात्र प्रवेश गराउन थालिएको छ । उक्त पासमा हामीले कोभिड नेगेटिभ भएको या खोप लगाइसकेको देखिएमा दर्शकका रुपमा उपस्थिति जनाउन सकिन्छ । 

यसरी खोप लगाइसकेको सुनिश्चित गराउने एपहरुले कोभिडका नियमहरु खुकुलो पार्नमा पनि मद्दत गर्न सक्ने विज्ञहरु बताउँछन् । तर यसले गोपनीयताको अधिकार उल्लंघन गर्ने सम्बन्धमा भने चिन्ता व्यक्त गरिएको छ । किनकी यसमा गुणस्तरदेखि व्यक्तिगत डाटा, विश्वसनीयता लगायत धेरै पक्षहरुको ख्याल गर्नुपर्ने हुन्छ । अहिलेसम्म अमेरिकी सरकारले आफ्नो आधिकारिक पास स्थापित गराउनेबारे कुनै घोषणा गरेको छैन तर भ्याक्सिन पासपोर्टको जिम्मा निजी क्षेत्रलाई मात्र दिनु समस्याजनक हुन सक्ने बताइएको छ । 

Global Ime bank

अहिलेका लागि भने मानिसहरुसँग कुन एप प्रयोग गर्ने भन्ने स्वतन्त्रता छ । हाल आइबीएम, माइक्रोसफ्ट, सेल्सफोर्स, ओरेकल, मायो क्लिनिक र कमन्स प्रोजेक्ट लगायतका भ्याक्सिन पासपोर्ट एपहरुले केही एयरलाइन्ससँग सहकार्य गरिरहेका छन् । यसमा सबैभन्दा जरुरी भनेको कसैको गोपनीयता भंग नगरिकन सबै सिमानाका सुरक्षाकर्मीले सजिलोगरी पढ्न र सुनिश्चित गर्न सक्ने कोभिड पास हुनुपर्ने हुन्छ । 

अन्र्तराष्ट्रिय उडानका लागि अहिले नै सबै यात्रुले कोभिड नेगेटिभ टेस्ट भएको देखाउनैपर्ने नियम रहेको छ । र भ्याक्सिन पासपोर्ट या कोभिड पासले यसमा थप विवरणहरु राखि विदेशी भ्रमणलाई अझ सहज बनाइदिनेछ । 

युरोपियन अधिकारीहरुले यसअघि युरोपेली युनिअनमा ‘ग्रिन डिजिटल सर्टिफिकेट’ विस्तार गर्ने घोषणा पनि गरेका थिए । यस अन्र्तगत कोभिड विरुद्ध खोप लगाइसकेका या कोरोना नेगेटिभ भएका अथवा भर्खर भाइरसबाट निको भएकाहरुलाई निर्धारित क्षेत्र भरि भ्रमण गर्न अनुमति दिइनेछ ।

यसअघि साइप्रसले बेलायतवासीहरुमा दुईवटा डोज खोप लगाइसकेकाले मे १ देखि बिना नेगेटिभ परीक्षण र बिना क्वारेन्टिन घुमफिर गर्न पाउने बताएको थियो । ग्रिसले पनि आफ्नो ‘ग्रीन’ डिजिटल सर्टिफिकेट मार्फत इजरायली पर्यटकहरुलाई भित्रिन दिने बताएको छ । उता डेनमार्क र स्वीडेनले पनि आफ्नै भ्याक्सिन पासपोर्ट निर्माण गरिरहेका छन् । बीबीसी र सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC