site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा संक्रमितलाई अक्सिजन उपलब्ध गराउनेविरुद्ध नै मुद्दा 
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतमा सरकारी अस्पतालबाहिर कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउने एक युवकविरुद्ध प्रशासनले मुद्दा दायर गरेको छ । उत्तर प्रदेशको जौनपुर जिल्लामा आफ्नै एम्बुलेन्स प्रयोग गरी अक्सिजन उपलब्ध गराइरहेका विक्की अग्रहरि नामका व्यक्तिविरुद्ध स्थानीय प्रशासनले उजुरी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

ती युवकले अस्पतालबाहिर अव्यवस्था उत्पन्न गरेको र स्वास्थ्यकर्मीलाई काम गर्न बाधा पुर्‍याएको स्थानीय प्रशासनको आरोप छ । तर, स्थानीयले भने प्रशासनको कदमले अरुलाई सहयोग गर्न चाहने अन्य व्यक्तिलाई समेत निरुत्साहित गरेको बताएका छन् ।

Agni Group

मुख्य चिकित्सा अधिक्षक (सीएमओ)को गुनासोपछि उनीविरुद्ध महामारी ऐनको धारा ३ र भारतीय दण्ड संहिताको धारा १८८ र २६९ अनुसार उजुरी दर्ता गरिएको जनाइएको छ । “विक्की र अन्य व्यक्तिहरु टिकट काउन्टरनजिकै स्वास फेर्न गाह्रो भइरहेका बिरामीहरुलाई प्राइभेट सिलिन्डरबाट अक्सिजन दिएर भिडियो बनाइरहेका थिए,” उजुरीमा सीएमओले भनेका छन् ।

अस्पतालमा बेड अभाव नभए पनि विक्की र अन्य मानिसले बिरामीलाई बाहिरै अक्सिजन दिएर भिडियो बनाएको जौनपुरका डीएम मनीष बर्माको आरोप छ । अहिले ती सबै बिरामीलाई अस्पताल भर्ना गरिएको उनले जानकारी दिए ।

Global Ime bank

“हाम्रा अधिकारी र मेडिकल स्टाफले आफ्नो ज्यान जोखिममा पारेका छन् । उनीहरुको प्रयासलाई त मिडियामा स्थान दिइँदैन । तर, जब यस्ता नकारात्मक खबर आउँछ, त्यसलाई अनावश्यक महत्व दिइन्छ । यसले स्वास्थ्यकर्मीको मनोबल समेत गिर्नसक्छ,” बर्माले भने ।

ती युवकविरुद्ध अहिलेसम्म कुनै कारबाही गरिनसकेको भन्दै उनले एडीएमको टिमले अनुसन्धान गरेर आवश्यक कदम चाल्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC