site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाइडेनले शत्रुतापूर्ण नीति अपनाएको उत्तर कोरियाको आरोप
Ghorahi CementGhorahi Cement

प्योङयाङ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी आफ्नो रणनीति सार्वजनिक गर्ने तयारी गरिरहँदा बाइडेनले शत्रुतापूर्ण नीति अख्तियारी गरेको उत्तर कोरियाले आरोप लगाएको छ ।

हालसालै बाइडेनले गरेको टिप्पणीले उत्तर कोरियाप्रति अमेरिकाको शत्रुतापूर्ण नीतिलाई उनले निरन्तरता दिन खोजेको प्रष्ट भएको उत्तर कोरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाइडेनले कार्यभार सम्हालेको १००औँ दिनको पूर्वसन्ध्यामा संसद्लाई सम्बोधन गर्दै विश्वको सुरक्षाका लागि उत्तर कोरियाको परमाणु कार्यक्रम खतरापूर्ण रहेको बताएका थिए ।

Agni Group

बाइडेनको टिप्पणीलाई ‘असहनीय’ भन्दै उत्तर कोरियाले त्यसलाई ‘गम्भीर भुल’ भनेको छ । “अमेरिकाले करिब आधा शताब्दीसम्म अख्तियारी गरेजस्तै बाइडेनले पनि उत्तर कोरियाविरुद्ध शत्रुतापूर्ण नीति अवलम्बन गर्न खोजेको उनको टिप्पणीले प्रष्ट पारेको छ,” उत्तर कोरियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उत्तर कोरियाले अझैसम्म पनि बाइडेनलाई अमेरिकी राष्ट्रपतिको रुपमा स्वीकार गरेको छैन । बाइडेनले आफ्नो चुनावी अभियानको सम्बोधनका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई ‘ठग’को संज्ञा दिएका थिए । उनले अमेरिका र संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध हटाउनुअघि नै उत्तर कोरियाको निःशस्त्रीकरण हुनुपर्ने बताएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC