site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धम्कीपछि लण्डन पुगे सेरम इन्स्टिच्युटका सीईओ
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)का सीईओ अदार पुनावालाले कोभिड १९ को खोप उत्पादन बढाउन दबाब र धम्की आएपछि परिवारसहित लण्डन गएको बताएका छन् । शनिबार बेलायती पत्रिका द टाइम्ससँग कुरा गर्दै पुनावालाले भारतका केही शक्तिशाली व्यक्तिहरुले धम्कीपूर्ण भाषामा खोपको आपूर्ति बढाउन दबाब दिएपछि लण्डन जान बाध्य भएको बताएका भारतीय सन्चारमाध्यले जनाएका छन् ।

विश्वको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी एसआईआईले भारतमा कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड एष्ट्राजेनिका उत्पादन गरिरहेको छ । पछिल्ला केही दिनदेखि भारतमा कोरोनाको दोस्रो लहरका कारण दैनिक साढे तीन लाख बढीको मृत्यु भइरहेको छ । शनिबार मात्र चार लाख एक हजार नौ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण बढेसँगै अक्सिजन र खोपको समेत अभाव भइरहेका बेला पुनावालाले दबाब बढेको बताएका हुन् ।

Agni Group

"म यहाँ (लण्डनमा) तय भएभन्दा बढी समय बसिरहेको छु किनकी म फेरि त्यही स्थानमा जान चाहन्न । सबै जिम्मेवारी मेरै काँधमा आएको छ, तर म एक्लैले सबै काम गर्न सक्दिन," पुनावालाले भने, "तपाईं यस्तो स्थितिमा काम गर्दै हुनुहुन्छ कि तपाईं सबैको आवश्यकता पुरा गर्न सक्नुहुन्छ । यसको बदलामा मानिसहरुले के गर्छन्, तपार्ई कल्पना समेत गर्न सक्नुहुन्न । म यस्तो अवस्थामा काम गर्न सक्दिन ।"

सम्भावित खतरालाई मध्यनजर गर्दै पुनवालालाई सुरक्षा प्रदान गरिएको सरकारी अधिकारीलाई उदृत गर्दै भारतीय सन्चार माध्यमले जनाएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC