site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२० वर्षपछि अफगानिस्तान छाड्दै अमेरिकी सेना
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकाले अफगानिस्तानबाट औपचारिक रुपमा आफ्नो सेना फिर्ता गर्ने कार्य सुरु गरेको छ । कम्तीमा १०० सैन्य दल र हतियारहरु स्थानान्तरण गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

“सेना फिर्ती प्रक्रिया जारी छ,” ह्वाइट हाउसका डेप्युटी प्रेस सेक्रेटरी करिन जिन पेरीले पत्रकारहरुसँग भनिन्, “यो कदमले सेना फिर्तीको सुरुवाती कदमलाई तीव्र बनाउनेछ । सेप्टेम्बर ११ सम्म सबै अमेरिकी फौज फिर्ता गर्ने हाम्रो प्रतिबद्धतामा हामी अडिग छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी सरकारी अधिकारी र ठेकेदारहरुले समेत अफगानिस्तान छाड्न लागेको ह्वाइट हाउसले जनाएको छ । यद्यपि, विदेशी सेना फिर्ता भएपछि तालिबानले हिंसात्मक गतिविधि बढाउन सक्ने भन्दै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानमा कम्तीमा दुई हजार ५०० अमेरिकी सेना र थप विशेष सैन्य दस्ता रहेको जनाइएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले समेत केही महिनामै सेना फिर्ता गर्ने जनाएको छ । सदस्य राष्ट्रका सेनाको सुरक्षा कारण देखाउँदै नेटोले कुन मितिसम्म कति सेना फिर्ता हुने भन्ने पूर्ण विवरण सार्वजनिक गरेको छैन । सेना फिर्ता गर्ने क्रममा तालिबानले आक्रमण गरे आफूले पनि बल प्रयोग गरेर जवाफ दिने संगठनले जनाएको छ ।

Global Ime bank

गृहयुद्ध चलिरहेका बेला हस्तक्षेप गर्दै सन् २००१ मा अफगानिस्तान प्रवेश गरेको अमेरिकी सेना २० वर्षपछि फिर्ता हुन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC